News

घरबाट सुरु गराैं लैङ्गिक हिंसा बन्द गर्न !

घरबाट सुरु गराैं हिंसा बन्द गर्न ! झापा ।। लैङ्गिक हिंसा बिरुद्ध १६ दिनेअभियान सुरु भएको छ । साेही क्रममा झापाकाे मेचीनगरका सघ सस्थाले यसकाे सुरुवात गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र धेलाबारी ,साना हातहरु नेपाल,आफन्त नेपाल ,विश्व सेवा बिस्तार संस्था ,माइती नेपाल लगायतको आयाेजनामा झापाको धुलाबारी मा बृहत र्याली आयोजना गरिएको छ । धुलाबारी माेडबाट बजार सम्म परिक्रमा गरि वडा न ९ मा सम्पन्न भएको थियाे । समापनमा बाेल्ने बक्ताहरुले लैङ्गिक हिसा हाम्रो घर समाज बाट सुरु हुने हुदा यसकाे राेक्न पहिलो प्रयास गर्नु पर्ने जाेड दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय काकडभिट्टा टाका प्रमुख सुनिल दहाल ,वडा न ९ का वडा सदस्य इन्द्रप्रधान ,महिला सजाल कि गगा श्रेष्ठ,शान्त श्रेष्ठ ,आफन्त नेपाल सराेज गुरुङ ,माइति नेपाल गाेबिन्द घिमिरे ,साना हातहरु नेपाल रमेश गुरुङ ,बिश्व सेवा बिस्तार अनिता गुरागाइ,नया बिहानी,धुलाबारी लेडि जेसिजकी अध्यक्ष शुशिला खतिवडा लगायतकाे उपस्थिति रहेकाे थियोे । र्यालीमा रलिभिङ फाउन्डेसन स्कुल ,इष्ट हाराइजन लगायतका बिधार्थी हरु काे सहभागीता जनाएका थिए ।

Related Articles

Back to top button