News

सत्रुलाइ पनि नपरोस यस्तो पिडा


झापा
ुउपचार गर्न जाऔं, पैसा छैन। उपचार नगरौं, जिउभरी दर्दनाक मासुको डल्लो बढेर जीवनयापन गर्न नै समस्या भइसक्यो ।ु

यो पीडा हो मोरङको मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारका ३५ वर्षीय सुवास राईको। आर्थिक स्रोत नभएका कारण उनले आफ्नो शरिरमा पलाएको मासुको डल्लोको उपचार गर्न सकिरहेका छैनन्।

उनको शरीरका प्रायशः सबै भागमा मासु पलाएको छ। घाँटीदेखि पछाडि डाढमा मासुको डल्ला भुण्डिएको छ। दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्ला छ।

अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको उनले बताए। सुत्नरबस्न नमिलेर छटपटी–छटपटी रात काट्दाको सकस भनि साध्य छैन्। आफ्नो शरिरमा पलाएको मासुको डल्ला बढेर अनुहार नै कुरुप देखिएको भन्दै उनलाई हिड्डुल गर्न पनि खासै मन लाग्दैन।कोल्टे परेर सुतेको वर्षौ भइसक्यो। यसरी सुत्दा निन्द्रा पनि लाग्दैन,भन्छ्न,‘छटपटी र अनिदोमा रातरदिन बित्ने गरेको छ।’

शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा गर्नथालेपछि सात कक्षा पढेर छोडेको उनले बताए।

‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जानै छाडेँ। सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके म आफ्नो शरिरमा उम्रिएको मासुको डल्ला हेरेर टोलाईरहेको छुु, उनले गुनासो गरे।

आमा बितेपछि बुवा र भाइसँग बस्दै आएका उनको उपचारका लागि अस्पताल जाने आर्थिक स्रोत छैन। वर्षैदेखि यस्तै पीडा सहेर उनले बस्नु परेको छ।

कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन। सानै छँदा अनुहारमा गाठागुठी देखिएको थियो। अहिले उक्त गाठागुठी ठूलो भयो। उनले भने,ुउपचार पाए काम गरेर खानेथिए।ु

दिनदिनै सुवासको शरीरभरि मासुको डल्ला फैलिन थालेपछि स्थानीय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न सुरु गरेको स्थानीय युवा शंकर बजगाइले बताए।

‘उपचार सम्भव रहने चिकित्सकहरुले बताएको कारणले हामीले सहयोग संकलन गर्न सुरु गरेको छौं,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथसहयोग गर्न आग्रह गर्दछु।’
छिमेकी बजगाईले उनीहरू विपन्न परिवारका भएकाले आफूले उपचारको लागि पहल थालेको बताउँछन् । ‘उनीहरूको समस्या पहिलेदेखिकै हो तर पैसा नभएर उपचारका लागि आउन सकेनन्,’ बजगाईले भने, ‘अहिले सुभाषको उपचारको लागि पहल सुरु गरेको छु ।’ तर खर्च अभावमा समस्या भइरहेको उनले बताए ।

सुरुमा कोशी अस्पताल विराटनगरमा सुभाषको स्वास्थ्य जाँच गरिएको थियो । त्यतिबेला डाक्टरहरूले न्यूरोसम्बन्धी गम्भीर समस्या रहेको भन्दै काठमाडौंमा गएर उपचार गर्न सल्लाह दिएका थिए । सोही सल्लाहअनुसार अहिले सुभाषलाई काठमाडौं लगिएको छ ।

काठमाडौंको सुस्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्ने तयारी भएको बजगाईले बताए । ‘हामीले सहयोग संकलन अभियान सुरु गरेपछि करिब दुई लाख रुपैयाँ जुटेको छ,’ बजगाईले भने, ‘उपचारपछि पनि सामान्य अवस्थामा र्फकन धेरै खर्च लाग्ने भनेर डाक्टरहरूले भनेका छन् ।’

Related Articles

Back to top button