News

एमाले महाधिवेशन प्रचारका लागि ७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्ने

एमाले महाधिवेशन प्रचारका लागि ७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्ने

चितवन‍ । नेकपा एमालेको १०औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ। दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए।

याली यही मंसिर ७ गते हुनेछ। महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो। बागमती, लुम्बिनी र प्रदेश २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने बताइएको छ।

मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिनेछ। एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको भट्टराईले बताए। मुख्यगरी पूर्व–पश्चिमरउत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ।

Related Articles

Back to top button