News

१७ महिना पछि खुल्यो पुर्वी नाका

World

झापा, असोज १४ । कोरोना संक्रमणका कारण करीब १७ महिना पछि पुर्वी नाका पूर्ण रुपमा खुला भएको छ । भारतसंग जोडिएका झापाका काकरभिट्टा र भद्रपुर नाका आजदेखि पुर्ववत अवस्थामा फर्र्किएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले  बताउनु भयो । ‘केही स्वास्थ्यसम्बन्धी जाँच हुन्छ बाँकी पुरानै अवस्थामा नाका खुला भयो’  प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भन्नुभयो, ‘अब नाकामा मान्छे, सवारी साधन आवत जावत गर्न सबै खुला भएको हो ।’ शुक्रबारदेखि कारभिट्टा नाका पुर्ण रुपमा पुरानै अवस्थामा फर्किएको मेची भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनु भयो । ‘नेपालका तर्फबाट नाका पुरानै अवस्थामा फर्किको हो’ भन्सार प्रमुख बिश्वकर्माले भन्नुभयो , ‘भारतले यस अघि नै नाका सहज बनाएको छ थप केही गर्नु परे प्रमुख जिल्ला अधिकारीको तहमा कुरा हुन्छ ।’

मन्त्री परिषदको असोज ५ गते बसेको बैठकले भारतसंगका सिमानाका खुला गर्ने निर्णय गरे पछि जिल्लामा परिपत्र नआएकाले सिमानाका खुला हुन सकेको थिएन । आज परिपत्र आएसंगै नाका पूर्ण रुपमा खुला भएको हो ।

Related Articles

Back to top button