News

हात्तीले सुँडले बोकेर चन्द्रगढी वनभित्र लगेको महिला ४ घण्टा पछि शव भेटियो 

हात्तीले सुँडले बोकेर चन्द्रगढी वनभित्र लगेको महिला ४ घण्टा पछि शव भेटियो

जङ्गली हात्तीले सुँडले बोकेर चन्द्रगढी वनभित्र लगेको महिला मृत भेटिए :: Times of Pradesh

 झापा । जङ्गली हात्तीले सुँडले बोकेर वनभित्र लगेको महिलाको शव भेटिएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डीका ५० वर्षीया श्रीमती लतुमाई मर्डी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । हात्तीले सुँडले बोकेर जङ्गलमा लगेको लतुमाईको शव चार घण्टापछि चन्द्रगढी सामुदायिक वनभित्र रहेको सेती खोलाको पैनी भेटिएको उनले बताए ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन नजिकै मर्डी दम्पती निगुरो टिप्न गएका थिए । सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले बोकेर जङ्गलभित्र लगेका थिए । श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनिलाई जानकारी गराएका थिए ।

त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन् । खोजी गर्ने क्रममा महिला मृत भेटिएको हो । उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button