News

मलाई ढुंगा हान्नेलाई म फुल दिनेछु

असफल सपनाहरुको गुलाम भएर बाच्न जन्मिएको मान्छे हैन म यो देश भित्र केहीँ गर्छु भनेर सपना बोकेको मान्छे हुँ म । गरिव दुखीको घाउँमा संचार क्षेत्रबाट मलहम लगाउँने प्रयास गर्ने सोच राख्ने मान्छे हुँ म ,जुन हिजो गरिहेको थिए । आज पनि गरिरहन्छु भोलि पर्ने गर्नेछु । गरिबी के हो मलाइ थाहा छ । भोगेको छु मैले त्यसैले पनि महशुुस गर्छु ।
झापालाई कर्मथलो बनाएर २०६२ साल देखि दैनिक पत्रिका बितरण गरेको बिगत मलाइ थाहा छ । त्यही कठिन परिस्थितीका बिच आजको दिन सम्म आएको मान्छे हुँ म तर,आज म आफ्नो यो उचाइमा पुग्नु आम दर्शक,पाठक,शुभचिन्तकको माया छ । त्यो माया म कहीले भुल्ने छैन । जसले जसरी सम्बोधन गरोस ,चाहे मलाई पत्रकार भनुन यहाँ युटुवर भनुन वा युटुवे नै किन नभनुन ।
यो समाजका लागि मैले बिगतमा राम्रो गरेको छु भने जसले जसरी अक्सर पाउँदा सम्बोधन गरेपनि न्याय पाउँछु होला । तर,जसरी मेरो कलम भाच्न खोज्नेहरु दौड धुप गरेका छन । यो मेरा लागि प्रेरणा बनेको छ ।
आखिर अवसर पाउँदा यहाँ अरुको पछि लाग्ने र लडाउँन खोज्नेहरु प्राय भेटिदा रहेछन । जुन आज दिनमा आएर मैले देख्न र भोग्न पाए । यसलाई मैले स्विकार्नु पर्छ । किनकी मलाई ढुंगा हान्नेलाई म  फुल दिनुपर्छ ।
यदि मैले जिवनभरमा कुनै राम्रो काम गरेको रहेछुँ भने कुनै दिन एउटा आशाको दियो थियो सधैंको लागि निभ्यो भन्नु होला ।“जीवन एक मृत्युको बैना हो” जुन जुनसुकै समय ढल्न सक्छ । यहाँ कसैले आफनो दम्भ र घमण्ड नराखे हुन्छ । उचाइमा उडिरहेको चराहरु मध्ये परेवाले आगनको बिस्कुन देख्छ । कागले जुठेल्नाको जुठो देख्छ र गिद्दले बारीको सिनो देख्छ। तसर्थ सोच बगेको पानी जस्तै हो ।
बाटोमा जतिसुकै काँडा भेटे पनि सिमलको फूलझैँ फुलिदिनु। भावहरूमा, विश्वासहरूमा खोट देखाउने अनगिन्ति आफन्त संग भेट हुदो रहेछ । त्यस्ता भुलभुलैयाको अन्धकारलाई चिर्नु छ । मैले जीवनका अल्झनहरूलाई मुस्कुराउदै फुकाउनु छ । मानवीय संवेदनाप्रति सदैव सजग रही आदरभाव, सेवाभाव अनि परोपकारी मनमार्फत् सबैको मनमा बस्न सक्ने एक असल व्यक्ति बन्न सधै प्रयास गर्नु छ । यहाँहरुको न्यानो माया सधै साथमा लिएर हिड्ने छु ।
यहाँहरु प्रति हार्दिक नमन 

Related Articles

Back to top button