News

“मेचीनगर युवा कप २०७८” को उपाधि ह्याप्पि क्लबलाई 

 

pinterest sharing button
messenger sharing button
whatsapp sharing button

मेचीनगर ,०८ असोज । झापाको काकडभिट्टा स्थित काकडभिट्टा माविको खेलमैदानमा जारी दोस्रो संस्करणको ‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ ।

आज शुक्रबार सम्पन्न फाइनलमा उपाधिका लागि भानु फुटबल क्लब र ह्याप्पि क्लबबिच भएको खेलमा भानु टोल फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले उपाधि हात पारेको हो ।

उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ भने उपविजेता भानु फुटबल क्लबले नगद २० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा ह्याप्पी क्लबले खेलको छैटौं मिनेटमा आशिष चापागाईंको गोलमार्फत अग्रता बनाएको थियो । दोस्रो हाफको छैटौं मिनेटमा विजेता ह्याप्पी क्लबका कर्ण लिम्बूले टिमका लागि दोस्रो गोल गरे भने दोस्रो हाफकै १७ औं मिनेटमा ह्याप्पी क्लबका विवेक पौडेलले तेस्रो गोल गरेपछि खेलमा भानु फुटबल क्लब ३- ० गाेल अन्तरले पराजित भएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच आशिष चापागाईं घोषित भए भने प्रतियोगितामा उत्कृष्ट खेलाडी भानु क्लबका सौरभ लिम्बू बने ।

उदीयमान खेलाडीको अवार्ड भानुका किसन सरदारले प्राप्त गरेभने उत्कृष्ट गोल रक्षककाे उपाधि ह्याप्पी क्लबका देवान भुजेलले प्राप्त गरे ।

वेष्ट मिड फिल्ड ह्याप्पीका विवेक पौडेल घोषित हुँदा भानुका दिवस उराव वेष्ट डिफेन्स घोषित भए। वेष्ट फरवार्डको उपाधि ह्याप्पी क्लबका कर्ण लिम्बू घोषित हुँदा ह्याप्पीका मुना सुब्बा उत्कृष्ट कोच घोषित भए ।

विजेता खेलाडीलाई प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवम् बागमती प्रदेशका निवर्तमान प्रमुख विष्णु प्रसाईं, छड्के अनुसन्धान मिडिया प्रकाशक ,युवा समाजसेवी बालकृष्ण थापा, खेलकुद महासंघका केन्द्रीय सदस्य रवीन ओझा, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, आयोजक युवा संघ मेचीनगर अध्यक्ष मानबहादुर तामाङलगायतले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन युवा संघ क्षेत्रीय इन्चार्ज नारायण खनालले गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी थिए युवा समाजसेवी बालकृष्ण थापाले पहिलो पुरस्कार प्रायोजन गरेका थिए भने दोेस्रो पुरस्कार नेपाल खेलकुद महासंघले गरेको थियो

Related Articles

Back to top button