News

‘परिवर्तनका लागि म पनि राजनीतिमा आएको छु’- विश्वप्रकाश

बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता एवम् महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले सोमबार आफ्नो अवधारणा सार्वजनिक गरेका छन् ।

वीपी जयन्तीका दिन सुन्दरीजलबाट महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले गृहजिल्ला झापामा आयोजित कार्यक्रमबाट आफ्नो अवधारणा सार्वजनिक गरेका हुन् ।

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्दै शर्माले आफ्नो अवधारणा सार्वजनिक गरेका छन् । कांग्रेसको महामन्त्रीका रूपमा आफूले उम्मेद्वारी घोषणा गरेसँगै राजनीतिक अवधारणा सार्वजनिक गरेको बताए ।

‘नेपाली जनताको ७ दशक लामो सपना साकार भएर संविधानसभाबाट संविधान बनेको दिन मेरो जन्मभूमि झापाका जनताको माझबाट राजनीतिबारे मेरा अवधारणा सार्वजनिक गरेको हुँ’, शर्माले नेपाल भने ।

उनले कांग्रेसले के चाहेको छ, हाम्रै अगुवाईमा राजनीति परिवर्तन चाहेको बताए । झापालाई सलोट र सलाम गर्दै उनले भने, ‘परिवर्तनका लागि म पनि राजनीतिमा आउन चाहेको छु ।’

कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुँदैछ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र शर्माले एकल उम्मेद्वारी घोषणा गरेसँगै उनी उपसभापति विमलेन्द्र निधिसँग नजिकिएको चर्चा कांग्रेस वृत्तमा भइरहेको छ ।

Related Articles

Back to top button