News

सावधानी र सुरक्षित रुपमा विद्यालय संचालन गर्न पाउँ ।

खगेन्द्र घिमिरे झापा  ।। लामाे समय देखि काेभिड १९ का कारण चपेटामा परेकाे शैक्षिक क्षेत्र संचालनकाे लागि सम्बन्धि निकायकाे ध्यानाकर्षण गराएका छन ।         प्याब्सन मेचीनगर,नेश्नल प्याब्सन मेचीनगर ले आज नगरपालिका पुगेर नगरका प्रमुख,उपप्रमुख ,नगर शिक्षा बिभागलाइ ज्ञापन पत्र बुझाएकाे एन प्याब्सन मेचीनगर सचिव कबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।                                           अस्तब्यस्त बनेकाे शैक्षिक अवस्थाका कारण अभिभावक ,श्रमजीवी शिक्षक कर्मचारी ,बिधार्थी तनाव अवस्थामा रहेकाे भन्दै बिधालय भित्र सावधानी ,सुरक्षा ,सुरक्षित व्यवस्थापन र स्वास्थ्य मापदण्ड अपनाउदै सिकाइ गतिविधि गर्न गराउने वातावरण मिलाइदिन आग्रह गरेका हुन । काेभिडका बिचमा वैकल्पिक शिकाइ गतिविधि मा आम बिधार्थी सहभागी गराउन प्रयास गरेपनि सिकाइ प्रभावकारी हुन नसकेकाे ज्ञापन पत्रका उल्लेख छ । कक्षा सचालन कार्यबिधि २०७७ र जि प्र का झापाको निर्णय न १० अनुसार बिधालय संचालनकाे माग गरेका हुन ।                         ज्ञापन पत्र बुझाउन प्याब्सन मेचीनगर अध्यक्ष  डम्बर रुचाल,एन प्याब्सन अध्यक्ष  – भगिरथ राई,-प्याब्सन उपाध्यक्ष  बिक्रम क्षेत्री
एनप्याब्सन मेचीनगर सचिव कविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियाे ।

Related Articles

Back to top button