News

४० जना साइकल यात्रीको टोली रारा ताल जादै

झापा ।।

नेपाल साइकल महोत्सव २०७८ को अवसर पारेर श्री अन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रा सुरु भएको छ। ४० जना सहभागी  साइकल यात्रीलाई धुलावारीबाट एक कार्यक्रमका बिच बिदाई  गरिएको छ ।

alt
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा ४० जनाको टोलीलाई जेनियम युवा क्लव मेचीनगर–१० र मेची राइडर्स साइकलिङ एशोसिएसनले हिजो(शनिवार) धुलावारीमा स्वागत गरेको थियो भने आज (आइतवार) विधाई गरेको हो

उनीहरुलाई आज धरानसम्मका लागि विधाई गरेको जेनियम युवा क्लवका अध्यक्ष धनराज थापाले बताए । उनीहरुको अन्तुदेखि रारासम्म २७ दिने साइकल यात्रा भएको मेची राइडर्स साइकलिङ एशोसिएसनका अध्यक्ष अर्जुन सुब्बाले बताए ।

cycle2

२७ दिनमा एकहजार ८ सय किलोमिटर भन्दावढिको यात्रा गर्ने बताइएको छ । जेनियम युवा क्लव विभिन्न सामाजिक कार्यमा अग्रसर हुने मेचीनगरको एक सामाजिक क्लव हो ।

Related Articles

Back to top button