News

अभिभावकको भूमिका निभाउँदै वाणिज्य संघ ,नगरका व्यवसायीलाई खोप

झापा ।। कोरोनाविरुद्धको खोप व्यवसायीलाई उपलब्ध गराएर व्यवसायीको धन्यवादको पात्र बनेको छ मेची उद्योग बाणिज्य संघ । खोप नपाएको चौतर्फी आलोचना भइरहेको बेलामा मेची उद्योग वाणिज्य संघको पहलमा व्यवसायीले खोप लगाउन पाएका छन ।
मेची नगरपालिकाले संघलाई खोप उपलब्ध गराएसँगै झापामा पहिलो पटक यवसायीले खोप पाएका हुन् । सोही अनुरुप मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एण्ड जोन्सन लगाइएको छ ।


धुलाबारीस्थित आम्दा अस्पतालमा अत्यन्त व्यवस्थित र पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै संघले व्यवसायीलाई खोप लगाइदिएको हो । संघले मेचीनगरभित्रका संघमा दर्ता भएका तथा दर्ता नभएकाहरुको लागि पनि खोपको व्यवस्थापन गरिदिन मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल गरिरहेको छ । पहिलो चरणमा नगरपालिकाबाट प्राप्त खोप व्यवसायीमध्ये प्राथमिकताका आधारमा नाम छनोट गरिएको संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।
उनकाअनुसार पहिलो चरणमा मझौला उद्योगअन्तर्गत सिमेन्ट, प्लाइउड, चाउचाउ, दाना, दाल चामल, चुत्ताचप्पल र चिया उद्योगका व्यवसायी तथा कर्मचारी गरी बढीमा ५ जना, खाद्यन्न, गल्ला किरानाका व्यवसायबाट प्रत्येक फर्मबाट बढीमा २ जना, भेनियर, रंगरोगन र पानीका साना उद्योगबाट बढीमा ३ जना, घरेलु उद्योगअन्तर्गत धान, पीठो मिल, बेकरी, आईसक्रिम, दालमोठ, भुजिया, खाद्यबाट बढीमा २ जना, माछामासु, तरकारी, फलफूल, डेरी, हार्डवेयर र भेटनरीबाट १्१ जनाका दरले नाम छनोट गरी खोप लगाउने कार्यक्रम सम्पन्न गरेको अध्यक्ष तिम्सिनाले बताए ।

 

Related Articles

Back to top button