News

ट्राफिक घुस काण्ड : डिएसपी काे संयोजकत्वमा छानबिन समिति गठन

झापा , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बाट खटिएका ट्राफिक प्रहराे घुस काण्ड बाहिर आए सँगै उनीहरु माथि छानबिन सुरु भएको छ ।                                            केही दिन अघि बिर्तामोड स्थित नयाँ बर्षपार्क छिर्ने सडकमा खटिएका ट्राफिक प्रहरी मनाेज मेहता,कुल बहादुर बुढाथोकी चेक जाचकाे नाममा अबैध असुली गरेकाे भिडियो अनुसन्धान मिडिया मार्फत बाहिर आएको थियाे ।       ट्राफिक प्रहरी  मेहताले एक माेटरसाइकल चालक बाट चेकजाँच काे वहनामा ब्लुबुकमा गाेप्य रुपमा पैसा राख्न लगाएपछि साे रहस्य बाहिर आएको थियोे । तत्काल याे भिडियो खिचिरहदा मेहताले आफुले गल्ति गरेकेा भन्दै मिडिया सँग स्विकारे का थिए । यस बिषयमा समाचार बाहिर आएपछि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चासाे देखाएको छ । प्रबक्ता एबम डिएसपी सुमन तिम्सिना काे संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरि छानबिन सुरु गरेको छ । छानबिन समितिका संयाेजक तिम्सिनाले यस बिषयमा आफुहरु छानबिन गरिरहेको प्रतिक्रिया दिएका छन ।

Related Articles

Back to top button