News

मलेसिया बसेर अश्लील फोटो बनाइ चरित्रहत्या गर्ने विरुद्ध साईबर अपराधको मुद्धा

उर्लाबारी, तेह्रथुमको लालिगुँरास नगरपालिका घर भई हाल बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका एकजना व्यक्तिले सामाजिक सञ्जालमा अश्लील सामग्री राखेर व्यक्तिहरुको चरित्रहत्या गर्ने गरेको पाइएको छ । लालिगुँरास नपा, साविक पञ्चकन्या–४ का प्रकाश लेक्वा खजुमले आफ्नो एभलिन खजुम नामको फेसबुक आइडी मार्फत अश्लील तस्वीर बनाएर छोरीचेलिहरुको चरित्रहत्या गर्ने गरेको छन् ।

खजुमले अश्लिल तस्वीर बनाएर सामाजिक संजालमा पोष्ट गरेपछि झापा दमक १ की एक युवती सामाजिक बेइज्जत हुने भयले यतिबेला अनावश्यक तनाब झेल्न बाध्य बनेकी छिन् । आफुसंग चिनजानसमेत नभएका व्यक्तिले ‘ग्रुप म्यासेन्जर’ मार्फत नाङ्गो फोटो बनाएर पठाएपछि कानुनी उपचारको खोजीमा ति युवतिले हारगुहार गरिरहेकि छिन् । उनले भनिन्–‘विदेशमा रहे भन्दैमा कसले, के गर्न सक्छ भन्ने मनोबल बढेर उसले हर्कतहरु गरेको हुनसक्छ ।’ यसैगरी खजुमबाट सताइएकी झापा मेचीनगर–२ चारआलीकी अर्की युवतीको रुँदै दिनचर्या बितेको पाइएको छ ।

उनको पनि फोटो इडिट गरेर खजुमले अश्लील फोटो सार्वजनिक गरेको बताइएको छ । यि दुई युवति प्रतिनिधि पात्र मात्रै हुन् । उनले सामाजिक सञ्जाल प्रयोग गरेर तनाब दिएको भन्दै करिब १०० जनाले फेसबुकमा ‘आपराधिक गिरोहविरुद्धको छलफल’ ग्रुप नै बनाएका छन् । के परिचत, के अपरिचित, के महिला, के पुरुष सबै खजुमको अपराधको निशानामा परेका छन् । किशोरी–युवतीहरू अश्लील तथा फोटोशपबाट बनाइएका तस्वीर सञ्जाल मार्फत सार्वजनिक भइदिने समस्यामा परेका देखिन्छन् भने पुरुषहरु आफनै मृत्युको समवेदना पत्र बनाएर पठाइदिएका कारण तनाब व्यहोरिरहेका छन् । यस्तै, कुरुप अनुहार बनाइदिने र शरीरमा दिसा दलेको फोटो बनाइदिएर सम्बन्धित व्यक्तिलाई मेसेन्जरमा पठाइदिने कामपनि खजुमले गर्दै आएका छन् ।

सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक आइन्द्र लिम्बूपनि खजुमबाट आफु ‘साइबर तनाब’ झेलिरहेको बताउछन् । यसबाहेक इलाम चुलाचुलीका गोर्खे राई, दमक –१ का विशाल गुरुङलगायतले पनि खजुमको हर्कतले पीडित बनेको गुनासो गरे । गैरकानुनी रुपमा मलेसिया पुगेका खजुमले त्यहाँ लुकिछिपि काम गर्दै आएको बुझिएको छ । सामाजिक संजालमा व्यक्तिको चरित्र हत्या गर्ने उनको हर्कत नरोकिएको भन्दै खजुमकै कारण मानसिक तनाब झेल्दै आत्महत्याका घटना हुनसक्ने भन्दै पीडितहरुले चिन्ता ब्यक्त गरेका छन् । उनलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन ढिला भैसकेको भन्दै पीडितहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न फेसबुक एकाउन्टहरु बनाउदै व्यक्तिहरुको चरित्रहत्यामा तल्लिन अपराधी खजुमको घरमा भने आमाबुबा छोराको हर्कत थाहा पाएर आजित बनेका छन् । विगत १० वर्षदेखी परिवारबाट समेत सम्पर्क विहिन बनेका उनको घरमा आमा बुबा र दुई छोराहरु छन् । श्रीमानले घर परिवारलाई नहेरेपछि अपराधी खजुमको श्रीमती आफै परिवारको जिम्मेवारी पुरा गर्न विदेश जानूपरेको स्थानियले जानकारी गराएका छन् । पिडितहरुले अपराधीको नाममा साईबर ब्युरो भोटाहिटीमा समेत मुद्धा दर्ता गरिसकेका छन् ।

Related Articles

Back to top button