News

बुद्धशान्तिका कोरोना संक्रमितलाई इन्ट्रा फाउन्डेशनको सहयोग

बुद्धशान्तिका कोरोना संक्रमितलाई इन्ट्रा फाउन्डेशनको सहयोग

विजय उप्रेती ।।   इन्ट्रानेश्नल वेयलफेयर एण्ड सर्पोट फाउन्डेसन अफ अमेरिकाकोे सहयोगमा बुद्धशान्तिका ४, ५ र ६ नम्बर वडाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

हिजो बिहिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडामा भएका सम्पूर्ण कोरोना संक्रमितहरुलाई वितरण गर्नका लागि मास्क सेनेटाइजर सहित स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका नेपाल कोर्डिनेटर राम बानिँयाले बताएका छन् । त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष शम्भु पौडेलले यस्तो विपत्को समयमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने संस्थाप्रति आभार प्रकट गरेका छन् ।

विगत २ वर्ष अघि देखि सामाजिक कार्यमा सक्रिय यस संस्थाले विपत्का समयमा देशका विभिन्न जिल्लाहरुमा पुगी आर्थिक लगायतको सहयोग गर्दै आएको संस्थाका प्रदेश संयोजक सुरेन शेर्माले जानकारी दिएका छन् ।

संस्थाले दिइएको उक्त सामग्री आरआरटी सदस्य, जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीको सहयोगमा वडामा रहेका सम्पूर्ण कोरोना संक्रमितहरुको घर घरमा पुर्याइने बताइएको छ ।

Related Articles

Back to top button