News

मेचीनगर भोली राति १२ बजेबाट एक हप्ता सिल

साउन १२, झापा ।।

झापाको मेचीनगर नगरपालिका भोली रातिबाट १ हप्ता सिल हुने भएको छ । आज बसेको नगर कार्यपालिकाको वैठकले श्रावण १३ गते अर्थात भोली मध्यराति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

जसअन्तर्गत अब नगरपालिका क्षेत्रमा अत्यावश्यक केही सेवाहरु वाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ ।

भोलीबाट शुरु हुने सिल अवधिमा अस्पताल, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चार सम्बन्धि सेवा मात्र सञ्चालनमा आउने मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मिना उप्रेतीले जानकारी दिनुभयो ।

सिल अवधिमा अन्य पसल, व्यवसाय, होटल, बैंक तथा बित्तीय संस्थाहरु समेत पूर्णरुपमा बन्द रहने जनाइएको छ ।

Related Articles

Back to top button