News

धुलाबारी खोप केन्द्रमा खाेप पाउँने आसामा सयाैं काे भिड

 

साउन १२,धुलाबारी । कोरोना बिरुद्धको भेरोसेल खोप लगाउन धुलाबारी खोप केन्द्रमा आज बिहानै देखि  भिड लागेको छ ।

मेचीनगर नगरपालिकाले आज देखि कोरोना बिरुद्धको भेरोसेल खोप लगाउने सुचना जारी गरेपछी खोप केन्द्रमा अत्याधिक भिड देख्न सकिन्छ  । ५५ वर्ष माथीका उमेर समुहलाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाउन मेचीनगर –१० को धुलाबारी स्वास्थ्य केन्द्रमा आज बिहानैबाट भिड लागेको हो । धुलाबारी स्वास्थ्य केन्द्रमा वडा नं. ९ र १०  का वडावासीलाई कोरोना बिरुद्धको पहिलो डोज  खोप लगाइदै छ ।  स्वास्थ्य मापदण्ड पुरा गरेर माक्स, सेनीटाइजर लगाएर, सामाजिक दुरीकायम गरी सुरक्षित र मर्यादित भई खोप लगाउन नगरपालिकाले यस अगाडि नै सुचना जारी गरेको थियो ।

Related Articles

Back to top button