News

इच्छुक खेलाड़ीले शर्तहरुको पालना सहित सम्पर्क गर्नु हुन हार्दिक अनुरोध

यही २०७८ साल भाद्र १ बाट हुन गई रहेको शहिद स्मारक C डिभिजन लिग छनौट प्रतियोगिताको लागि Jhapa FC बाट खेल्न इच्छुक खेलाड़ीको लागि तपशिल बमोज़िम खुला छनौट कार्यक्रम संचालन हुदैंछ। इच्छुक खेलाड़ीले शर्तहरुको पालना सहित सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।
मिति: २०७८ श्रावण १३ गते
समय: बिहान ९.३० देखी ३.३० बजे सम्म
स्थान: नमुना सामुदायिक फुटबल ग्राउन्ड, अर्जुनधारा नगरपालिका वडा नं ९(सालबारी झिल सहिद सुखानी पार्क छेउ)
शर्तहरु:
१. छनौटमा सहभागी खेलाडीहरूले छनौट अवधिभर सम्पुर्ण खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ ।
२. छनौट चरण पार गर्न सफल खेलाड़ीहरुलाई बन्द प्रशिक्षणमा राखिनेछ। साथै बन्द प्रशिक्षणको दौरान सम्पूर्ण खाना र बस्ने प्रबन्ध Jhapa FC ले गर्ने छ।
३. छनौट अवधीभर खेलाडिलाइ चोटपटक लागेमा खेलाडि स्वयम् जिम्मेवार रहनेछ।
४. खेलाड़ी दर्ता गर्नको निम्ति छनौटको दिन खेल मैदानमा वा तल उल्लेखित लिंकमा गएर गर्न सकिनेछ।
बिस्तृत जानकारीको लागि:
प्रकाश: ९८१-८५५५९४९
अभिनाश: ९८०-८९८७७११
सचिन्द्र धिमाल (प्रशिक्षक): ९८४२६३७३३४
Registration Link:

Related Articles

Back to top button