News

ट्राफिक नियमको धज्जी उडाउदैं वडाध्यक्ष ! गल्ती भयो – पनेरु


झापा । अनुसन्धान डेक्स
अरुलाइ काननु र निति नियम सिकाउने एक वडाध्यक्ष ले झापामा ट्राफिक नियमको धज्जी उडाएका छन ।
झापा मेचीनगर वडा न १० वडाध्यक्ष सुवेश कुमार पनेरुले प्रदेश न १ को ५२३८ नम्वरको स्कुटरमा आफै चालक भएर तिन जना राखेर चलाएको भेटिएको छ ।
धुलाबारी बाट इटाभट्टा जाने क्रममा उनले चलाएको यो स्कुटर सहितको तस्वीर अनुसन्धान मिडियालाई प्राप्त भएको हो । यति मात्रै होइन उनले सवारी चलाउँदा मोबाइलमा एक हातले कुराकानी गर्दै गरेको समेत देख्न सकिन्छ ।
वडाध्यक्ष पनेरु बिकास निमार्ण को क्षेत्रमा भने अब्बल नै मानिएका अध्यक्ष हुन ।
केही रुखो स्वभावमा देखिने गरेका वडाध्यक्ष प्रति स्थानीयहरुले आरोप समेत लाउँने गरेका छन । केहीँले वडाको बिकासमा उनी दिलो ज्यान दिएर खट्ने वडाध्यक्ष समेत मान्दै आएका छन ।
यसरी स्कुटरमा तिन जना सवारी राखेर चलाएको बिषयमा वडाध्यक्ष पनेरुले आफुले गल्ती गरेको बताए । उनले मरिमराउमा जाने क्रममा एक जना स्थानीयले आफु बिरामी भएको र आफुलाइ पनि छोडिदिन आग्रह गरेपछि सेवा गरेको बताए ।  यति बेला कांग्रेसलाई महाधिवेशनको चटारो छ । पनेरुले समेत काग्रेस मेचीनगर सभापतिको रुपमा चर्चा चलेको छ । यसरी जनप्रतिनिधी आफैले सेवा दिने नाममा जोखिमका बिच तिन जना सवारी साधनमा यात्रा गराउँनु उचित हो या होइन ?

Related Articles

Back to top button