News

डिआइजी बि.सी बाट पूर्वमा निरिक्षण र अनुगमन

झापा ।। झापा सहित पूर्वका अन्य जिल्लाहरुमा यति बेला प्रदेश न १ प्रहरी प्रमुख अनुगमन तथा निरिक्षणमा ब्यस्त देखिनु भएको छ ।  १ नं. प्रदेश प्रहरी कार्यालय रानी, बिराटनगरका कार्यालय प्रमुख  प्र.ना.म.नि. अरुण कुमार बि.सी.  अनुगमन ,निरिक्षण तथा निर्देशन मा ब्यस्त देखिनु भएको हाे ।                                                            उहाले जिल्ला प्रहरी र  अन्तर्गत रहेका बिभिन्न शाखाहरुको अभिलेखिकरण तथा हिरासत कक्षमा रहेका थुनुवाहरुको अवस्था समेतको निरीक्षण तथा अनुगमन गर्नु भएकाे छ । साथै गर्कर्यालय प्रमुख एवं कार्यरत प्रहरी कर्मचारीहरु लगायत बिभिन्न प्रहरी इकाईहरुका प्रमुखहरु समेतलाई आवश्यक निर्देशन समेत दिनु  भएको छ । साेही क्रममा उहाले आज झापामा अनुगमन ,निरिक्षण गर्नु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button