News

झापा सुजना  घटनामा प्रहरीमाथि ढुङ्गा हान्ने ४ जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीमाथि ढुङ्गामुडा गर्ने ४ जनालाई प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको छ । युवतीको रहस्यमय मृत्यूको घटनामा प्रहरीलाई काम गर्न अवरोध गर्दै ढुङ्गा हान्नेहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमवार विहान बिर्तामोड–५ मा २५ वर्षीया युवतीको शव फेला परेको थियो । सो घटनास्थलमा खटिएका प्रहरीमाथि ढुङ्गा हान्ने बिर्तामोडमा माधव झा, पुजा कडेंल, इलाम –४ का नविन घिमिरे र अर्जुनधारा–११ का साङ्घे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर लगिएको झापा प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीलाई उनीहरुले लगातार ढुङ्गा हान्दै माहोललाई उत्तेजित बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बिर्तामोडका हुने संवेदनशील घटनामा कडेंलसहित युवाहरुले माहोललाई उत्तेजित बनाउदै आएका छन् । आजको घटनामा समेत माहोललाई तताउने हिसावले उनीहरु प्रस्तुत भएको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमका लागि धरान पठाउने तयारी गरिरहेको बेला उनीहरुले ढुङ्गा हान्न थालेपछि नियन्त्रणमा लिइएको थियो ।
उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउने भएको छ ।

Related Articles

Back to top button