News

भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने ?

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चले भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ ।

निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा माथि नै छ । सोमबार ११ हजार ६४० नमुना (आरटी–पीसीआर र एन्टिजेन) परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना गरी कुल ५१४ जनामा मंगलबार संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चारसाताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि नै छ । जोखिम अझै कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना नभए तेस्रो लहर आउन सक्ने चेतावनी जनस्वास्थ्य विद्हरुले दिइरहेका छन् ।

निषेधाज्ञा खुकुलो हुँदा कोरोना संक्रमणबाट के–कसरी बच्न सकिन्छ ? संक्रमणको जोखिम कस्तो छ ? यसको रोकथाम तथा नियन्त्रणका लागि राज्य र नागरिकको भूमिका कस्तो हुनुपर्छ भनेर संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

संक्रमणको उतारचढाव भइरहन्छ

पहिलो लहर र दोस्रो लहर नियन्त्रण गर्न कसरी चुक्यौं ? कता चुक्यौं ? यसको सामना कसरी गर्नुपर्‍यो ? के–के कुराको अभाव झेल्नु पर्‍यो ? त्यो बेलामा खास गर्नुपर्ने के थियो ? कहिले पनि बिर्सनु हुँदैन । प्रत्येक लहरसँगै यिनै कुराहरु दोहोरिएर आउने हो । विश्वव्यापी रुपमा अहिले पनि कोरोना भाइरसको महामारी कायमै छ । अन्य मुलुकमा पनि उतारचढाव देखिरहेको छ । उचारचढाव हुने कारक तत्व धेरै छन् । कोरोना भाइरस उत्परिवर्तन भएर नयाँ–नयाँ शक्तिशाली भेरियन्ट देखिने रहेछ । नयाँ–नयाँ उत्परिवर्तनका कारण यसले जनस्वास्थ्यमा गम्भीर समस्या ल्याउँदो रहेछ । त्यसैले नयाँ–नयाँ देखिने भेरियन्टहरुबारे निरन्तर अध्ययन गर्नु आवश्यक छ ।

नयाँ-नयाँ देखिने भेरियन्टहरुबारे निरन्तर अध्ययन गर्नु आवश्यक छ । तर हाम्रो मुलुकमा यसको अध्ययन हुँदैन । अध्ययनका लागि बाहिर पठाउनुपर्ने अवस्था छ । भविष्यमा आउन सक्ने कुनै पनि भाइरसको जिनमा हुने उत्परिवर्तनले गर्ने क्षतिबारे अध्ययन गर्ने क्षमता हामी आफैंले राख्न सक्नुपर्छ ।

तर हाम्रो मुलुकमा यसको अध्ययन हुँदैन । अध्ययनका लागि बाहिर पठाउनुपर्ने अवस्था छ । भविष्यमा आउन सक्ने कुनै पनि भाइरसको जिनमा हुने उत्परिवर्तनले गर्ने क्षतिबारे अध्ययन गर्ने क्षमता हामी आफैंले राख्न सक्नुपर्छ । यदि चीनमा देखिएको शुरुको कोरोना भाइरस नेपालमा देखिएको भए के हुन्थ्यो होला ? नागरिकहरुले पनि कोरोना केही होइन भन्ने सोच त्याग्नुपर्छ । पहिलो लहरमा सर्वसाधारण नागरिकले कोरोना केही होइन भन्ने सोच राखे । सरकारले पनि यसलाई खासै गम्भीर रुपमा लिएन । पहिलो लहर नियन्त्रण उन्मुख हुँदाहुँदै दोस्रो लहर आयो ।

दोस्रो लहरमा धेरै जनाले कोरोना संक्रमणका कारण आफ्नो आफन्त गुमाउनुपर्‍यो । जनस्वास्थ्यविद्हरुले यसको जोखिमबारे बारम्बार चेतावनी दिँदा पनि त्यसको ख्याल गरिएन । सावधानी अपनाउन अनुरोध भएकै हो । तर सर्वसाधारण नागरिकबाट पनि बेवास्ता भयो । सरकारबाट पनि बेवास्ता भयो । सरकार पक्षले पनि भीड जम्मा गरेर नाराजुलुस र प्रदर्शनलाई प्रोत्साहन दियो ।

विशेषज्ञहरुले बेवास्ता नगरौं भनेर खबरदारी गरेकै समयमा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा भेरियन्ट) फैलियो । जसले दोस्रो लहरमा ठूलो क्षति बेहोर्नुपर्‍यो । नयाँ भेरियन्ट फैलिएको बारे थाहा नै भएन । त्यो बेला पनि कोरोनाका नयाँ–नयाँ भेरियन्ट देखिन सक्छ भनेर हामीले खबरदारी गरेकै थियौं । जति बढी संक्रमण फैलिन्छ । त्यति उत्परिवर्तन हुने सम्भावना बलियो हुन्छ । जसले भाइरसको नयाँ भेरियन्ट देखिन सक्छ । भारतमा संक्रमण उत्कर्षमा पुग्दा डेल्टा भेरियन्ट देखियो । जुन बढी संक्रामक थियो ।

संक्रमण फैलन सक्ने चेतावनी विज्ञहरुले दिइरहँदा त्यसको बेवास्ता गरियो । हाम्रो खबरदारीलाई कसैले सुनेनन् ।

दोस्रो लहर विस्तारै पार गर्दै गर्दा हामी समीक्षामा चुक्यौं कि भन्ने लाग्छ । यद्यपि भाइरस आफैंमा नौलो नौलो नयाँ हर्कतका साथ देखा परिरहेको हुनाले यसलाई निरन्तर पछ्याउनु जरुरी छ । भाइरसको नयाँ हर्कतबारे अध्ययन गर्न एउटा छुट्टै कमिटी नै गठन गरेर अघि बढ्नु आवश्यक छ । कोरोना पूर्ण रुपमा निर्मूल नभएसम्म निरन्तर पछ्याउनु जरुरी छ । त्यो भएन भने हामी अलमलमा पर्छौं । जस्तो नेपालमा नयाँ भेरियन्ट भेटिएको कुरा बेलायतले बाहिर ल्यायो । जुन भेरियन्टलाई उसले नेपाल भेरियन्ट नाम दियो । हामी यस विषयमा कति अनभिज्ञ छौं भन्ने देखाउँछ । बल्ल अहिले आएर त्यो भाइरस डेल्टा प्लस रहेछ भनेर थाहा हुन आयो । हामी कति पछाडि रहेछ भन्ने देखायो । आफ्नो मुलुकमा भएका कुरा अरुको मुलुकमा पुगेपछि थाहा पाउनुपर्ने, यस्तो कुरा थाहा पाउने क्षमता आफ्नै मुलुकमा हुनुपर्‍यो ।

नयाँ परिवर्तन भए नभएको थाहा पाउने प्रविधि स्थापना हुनु जरुरी छ । जसले आगामी रणनीति बनाउनु सहज हुन्छ । उत्परिवर्तन जटिल हो कि होइन पत्ता लगाउन सकिन्छ । हामीले लगाइरहेको खोपले काम गर्छ कि गर्दैन त्यो पनि थाहा पाउन सकिन्छ । परीक्षण गर्ने हाम्रो प्रविधिलाई कस्तो चुनौती दिइरहेको छ । उपचार प्रणालीमा कस्तो प्रभाव पार्छ त्यसको पनि समीक्षा गर्न सहज हुन्छ ।

उपचार पद्धतिमै चुनौती

दोस्रो लहरमा देखा परेको डेल्टा र डेल्टा प्लस भेरियन्ट धेरै संक्रामक देखियो । जसले गर्दा हाम्रो उपचार प्रणालीमा असर गर्‍यो । दोस्रो लहर उत्कर्षमा पुग्दा अस्पतालमा बेड अभाव हुन पुग्यो । अक्सिजन हाहाकार हुन पुग्यो ।  जसले गर्दा उपचार पद्धतिमा चुनौती थपियो । अस्पतालको प्राङ्गणमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो । उपचार पद्धतिमा देखिएको चुनौतीका कारण समयमै अस्पताल आइपुगेका व्यक्तिले समेत ज्यान गुमाउनुपर्‍यो । त्यसैले उपचार पद्धतिलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेतिर पनि गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

एन्टिबडी क्षमतालाई कमजोर पार्ने भेरियन्ट

पहिलो लहरमा भन्दा दोस्रो लहरमा भेटिएको डेल्टा भेरियन्ट बढी संक्रामक देखियो । एन्टिबडीको क्षमतालाई पनि कमजोर बनाउने क्षमता डेल्टा भेरियन्टमा देखिएको अनुसन्धानले देखाइरहेको छ । भाइरसमा देखिने उत्परिवर्तनका कारण अघिल्लो भन्दा यो भेरियन्ट बढी संक्रामक देखियो । जसले गर्दा दोस्रो लहरमा बढी मानवीय क्षति बेहोर्नुपर्‍यो । जुन धेरैले अनुमान गरेभन्दा विपरीत थियो ।

भ्याक्सिनमा अर्जुनदृष्टि हुनुपर्‍यो

दोस्रो लहरमा खोप नलगाएका धेरै व्यक्तिहरुको मृत्यु भएको पाइएको छ । खोप नलगाएका व्यक्ति नै अस्पतालको आईसीयू र भेन्टिलेटरमा बढी देखिए । समयमै उपचार पाउँदा पनि धेरै जनाले ज्यान गुमाउनुपर्‍यो । भ्याक्सिन लगाएकाहरुमा पनि संक्रमण भएको पाइयो । तर उनीहरुमा सामान्य वा मध्यमखालको मात्रै समस्या देखियो ।

दोस्रो लहरमा संक्रामक देखिएको डेल्टा र डेल्टा प्लस भेरियन्टका लागि पनि खोप बढी प्रभावकारिता देखिएको अनुसन्धानले देखाएको छ । भ्याक्सिनमा सबैको अर्जुन दृष्टि हुनु जरुरी छ । भ्याक्सिन ल्याउन र लगाउन सरकारको अर्जुनदृष्टि हुनुपर्छ भन्ने पाठ सिकाएको छ । दोस्रो लहरमा जस्तो समस्या झेल्न नपरोस् भन्नका लागि खोपलाई प्राथमिकता दिनुपर्छ ।

कसरी सावधानी अपनाउने ?

सबै नागरिकले खोप पाइनसकेको अवस्था छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हाम्रो दैनिकी सामान्य हुँदै गइरहेको छ । यो बेलामा विशेष सतर्कता अपनाउनु जरुरी हुन्छ ।

भाइरसमा हुने नयाँ–नयाँ उत्परिवर्तन र त्यसले दिने चुनौतीको आधारमा रणनीति तयार गरेर अघि बढ्नु जरुरी छ । रणनीति तयार पार्दा पहिलो र दोस्रो लहरको अनुभवको विश्लेषण गरेर अघि बढ्न सके भोलिको चुनौतीसँग जुध्न सहज हुन्छ ।

सँधैभरिको बन्दाबन्दीले मानिसमा अर्को समस्या निम्त्याउन सक्छ । आर्थिक, सामाजिक लगायतका विभिन्न समस्याहरु देखापर्न सक्छ । त्यसैले निषेधाज्ञा खुकुलो पार्दै लैजानु आवश्यक छ । तर हामीले जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ पालना गर्न भने कदापि बिर्सनु हुँदैन । दोस्रो लहरले ल्याएको महामारीबाट हामीले पाठ सिक्नुपर्छ । त्यो कसरी फैलिएको थियो भनेर हेक्का राख्न सक्नुपर्छ ।

भ्याक्सिनमा सबैको अर्जुन दृष्टि हुनु जरुरी छ । भ्याक्सिन ल्याउन र लगाउन सरकारको अर्जुनदृष्टि हुनुपर्छ भन्ने पाठ सिकाएको छ । दोस्रो लहरमा जस्तो समस्या झेल्न नपरोस् भन्नका लागि खोपलाई प्राथमिकता दिनुपर्छ ।

निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको जोखिम कायमै छ । त्यसैले काम नपरी घर बाहिर ननिस्कने । अत्यावश्यक काममा निक्लनै परे वा नियमित काममा जानु परे सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । बाहिर जाँदा नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाएर मात्रै हिँड्नुपर्छ । बाहिरबाट घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने गर्नुपर्छ । नियमित घर बाहिर जाने व्यक्ति सकेसम्म परिवारका अन्य सदस्यसँग बढी घुलमिल नहुने, साथीहरु भेट्दा हात नमिलाउने वा टाँसिएर नबस्ने, बाहिरबाट घर फर्केपछि सकेसम्म नुहाउने र लगाएका कपडा धुने गर्नुपर्छ ।

पहिलो लहरमा संक्रमण रोक्न राज्य चुकेकै हो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिने पूर्वतयारी गर्ने समय हामीसँग थियो । तर कोरोना केही  होइन भन्ने ढंगले सोचियो । राज्य र नागरिक दुवैबाट यस्तो सोचले काम गरेको देखिन्छ । जसका कारण यसको रोकथामका लागि गरिने पूर्वतयारीतर्फ त्यति ध्यान पुग्न सकेन । जस्तो क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन,  मासटेस्टिङ लगायत कुरामा ध्यान पुग्न सकेन । पहिलो लहर नियन्त्रण उन्मुखकै क्रममा दोस्रो लहर आयो । यसमा सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भयो ।

सरकारी पक्षले नै जनतालाई भेला गरेर नाराजुलुस गर्न हौसाए । नागरिकको पक्षबाट पनि त्यति सावधानी हुन सकेन । विवाह, ब्रतबन्ध जस्ता कार्यमा पनि लापरबाही देखियो । जसबाट धेरै संक्रमित भएको पायौं ।

त्यसैले यस्ता कमी–कमजोरीको सूक्ष्म समीक्षा हुनु आवश्यक छ । कमी–कमजोरीबाट पाठ सिकेर भोलिको चुनौतीसँग जुध्ने हो । त्यसैले नागरिक आफैं पनि सचेत र सजग हुनु जरुरी छ । मबाट हामी, हामीबाट समाज–समुदाय बन्ने हो ।

संक्रमण भएको आशंका लागे नागरिक आफैं परीक्षण गर्न तयार हुनुपर्छ । परीक्षण गर्ने, संक्रमण पुष्टि भए आइसोलेट भएर बस्ने, आफ्नो क्लोज कन्ट्याकमा रहेकाहरुलाई परीक्षण गर्न सुझाव दिने, जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न नागरिक आफैं जागरुक बने जस्तोसुकै शक्तिशाली संक्रामक भेरियन्ट भटिए पनि त्यसलाई शक्तिहीन बनाउन सक्छौं । त्यसैले शक्तिशाली संक्रामक भेरियन्टलाई शक्तिहीन बनाउने तपाईं हाम्रै हातमा छ ।

व्यापार व्यवसाय गर्ने व्यक्तिले पनि व्यवस्थित ढंगले आ–आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्छ । व्यापारी र उपभोक्ता दुवै पक्षले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । सर्वसाधारण नागरिकले स्वास्थ्य सुरक्षा आफ्नै लागि हो भन्ने सँधै हेक्का राख्नुपर्छ । मास्क नलगाई हिँड्नु, दूरी कायम नगर्नु नागरिकको गैरजिम्मेवारीपन हो । यस्तो व्यवहारले सबैलाई असुरक्षित बनाउँछ भन्नेप्रति सबै सचेत रहनुपर्छ ।

सरकारी कार्यालहरुमा भीडभाड नहुने गरी सेवाप्रवाहको व्यवस्था मिलाउनुपर्छ । दूरी कायम गरी सेवा लिने प्रबन्धका लागि विभिन्न संकेतको प्रयोग गर्न सकिन्छ । नागरिक स्वयं सचेत भएर सेवा लिन तल्लीन भए धेरै हदसम्म संक्रमण रोक्न सकिन्छ । त्यसैले सेवा दिने र लिने दुवै पक्ष सजग र सचेत हुनु अनिवार्य छ । खोकी लागेका वा ज्वरो आएका कर्मचारीलाई कार्यालयमा हाजिर गराउनुहुँदैन । उनीहरुलाई परीक्षण गराउन र अस्पताल जान प्रेरित गर्नुपर्छ ।

सार्वजनिक सवारीमा कसरी यात्रा गर्ने ?

मंगलबारबाट काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन पनि गुड्दै छन् । त्यसैले बस व्यवसायी र यात्रु दुवै चनाखो नहुने हो भने संक्रमण फैलने जोखिम हुन्छ । गाडीमा चढ्नुअघि र पछि साबुनपानीले हात धुनुपर्छ । त्यो सम्भव नभए सेनिटाइजर प्रयोग गर्नुपर्छ । सवारी साधनको ह्यान्डिल, स्टेयरिङ, सिट लगायतलाई डिसइन्फेक्सन गर्नुपर्छ । पहिला जस्तो कोचाकोच यात्रु राख्नुहुँदैन । क्षमताभन्दा आधा यात्रु मात्रै राखेर चलाउनुपर्छ ।

 

गाडीका चालक र सहचालकले यात्रुलाई गाडीमा चढ्नु अघि मास्क लगाउन अनुरोध गर्नुपर्दछ । यो कार्यका लागि सहचालकको विशेष भूमिका हुन्छ । आफू पनि मास्क लगाउने र यात्रुलाई पनि अनिवार्य मास्क लगाउन अनुरोध गर्नुपर्छ । पैसा लिएपछि सेनिटाइज गर्नुपर्‍यो । सार्वजनिक बसमा चढ्दा यात्रुले पनि बढी हुलमुल नगर्ने वातावरण बनाउनुपर्छ । संयमित र सभ्य भएर यात्रा गर्ने बानीको विकास गर्नुपर्छ । सुरक्षाका सबै मापदण्ड पालना गरेर यात्रा गर्दा धेरै हदसम्म संक्रमण हुनबाट बच्न सकिन्छ ।

राज्यको निगरानी आवश्यक

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि राज्य र नागरिक दुवैको भूमिका महत्वपूर्ण हुन्छ । राज्यले लागू गरेको नियम आफूहरुकै सुरक्षाको लागि हो भनेर नागरिकले पालना गरे संक्रमण रोकथाममा सघाउँछ । सार्वजनिक स्थलहरुमा भीडभाड हुन नदिनका लागि राज्यको निगरानी हुनुपर्छ । भीडभाड हुने ठाउँमा दूरी कायम राख्न प्रहरीले सघाउनु उत्तम हुन्छ ।

भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने ?

Related Articles

Back to top button