International

नेपाली समाजमा उदाहरणिय कार्य गर्दै धन्यवादको पात्र बन्दै विस्व भूटानी हिन्दू संगठन

नेपाली समाजमा उदाहरणिय कार्य गर्दै धन्यवादको पात्र बन्दै विस्व भूटानी हिन्दू संगठन

विश्व भूटानी हिन्दू संगठन नेपाली मूलका भूटानी एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको धार्मिक÷आध्यात्मिक तथा सामाजिक संस्था हो, जसले नेपाली मूलका भूटानी एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको धार्मिक÷आध्यात्मिक तथा सामाजिक विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको देखिन्छ । सन् २०१३ सालमा गठन भएको यस सस्थाको मुख्य कार्यालय अमेरिकामा छ भने यस संस्थाले ‘सर्वजनहिताय सर्वजनसुखाय’ को मूल मन्त्रका साथ विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको छ ।

गत जेठ १९ गते झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी शरणार्थी शिविरमा एक कार्यक्रम आयोजना गरि शिबिरमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुलाई कोभिडको बेला समस्यामा पर्न नदिन तीन लाख पचास हजार बराबार को समान विशेष गरि १२ वटा अक्सिजन र त्यसमा चाहिने उपकरण साथै ५० हजार नगद सहित चार लाखको सहयोग गरिएको थियो यसैमा शरणार्थी शिविर बाहिर रहनु हुने नेपाली दाजु भाइ लाई पनी केहि सानो सहयोग पुगोस भन्ने हेतुले – योग दान राष्ट्रनामक सामाजिक संस्थालाई पनि रु ५० हजार सहयोग गरिएको थियो । सामाजिक अभियान्त ज्वाला सँग्रौलाले उक्त रकम संस्थाका झापा जिल्ला प्रबक्ता तथा संचारकर्मी बिजय उप्रेतिलाई हस्तान्तरण गर्नु भएको थियो ।
स्वास्थ्य सामग्री वितरण गरिएको यस कार्यक्रममा झापा क्षेत्र नं. ३ को सांसद् राजेन्द्र लिङदेनको समेत प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा लिंङ्देनले यस महान् कार्यको प्रशंसा गर्दै शरणार्थी समस्यामा विषयमा केन्द्रमा आवज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सस्थाका अध्यक्ष कमल धिमालले पनि देशमा आएको संकटका कारण अक्सिजन नपाएर, खान नपाएर र औषधि नपाएर ज्यान गुमाएका नेपाली जनताको चित्कार सुन्दा आफूँहरु पनि दुखी भएको बताउनु भएको छ ।
हिँजो जस्तो लाग्छ आफ्नो मातृभूमिबाट लखेटिएको अवस्थामा भारतले शरण नदिएपछि हामीलाई नेपालले नै “भैँसीलाई सिङको भारि हुँदैन” भन्दै ढोका खोलिदिएकै कारण हामीले माईधारका बगरमा छाप्रा बनाउन पाएका थियौ र नेपाली जनताले नै चामल खोजीखोजी हजारौँको ज्यान बचाएका थिए ।

जीवनमा शरणार्थी हुनु नै दुर्भाग्य हो, तर नेपालले शरणार्थीलाई अस्थाइरुपमा बास दिनु; गाँस र कपासका साथै शिक्षाका निमित्त अन्तराष्ट्रीय जगतमा पहल गरिदिए कै कारण आज हामी भौतिकरुपमा सुविधा सम्पन्न विकसित मुलुकमा आएर अरुलाई पनि केही सहयोग गर्न सक्ने भएका छौँ । नेपालसँग हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको मात्र होइन रगतको पनि नाता छ । अतः जहाँ जन्मे पनि, जहाँ बसे पनि हामी नेपाली नै हौँ । त्यसैले हुन सक्छ अहिले पनि गुन्द्रुक–सिङ्कीदेखि सुनसम्मको कारोबार नेपालसँग नै हुने गरेको छ । यो विषम परिस्थितिमा सहयोग गरिदिनु भएकोमा यस सस्थालाई सबैले धन्यबाद दिएका छन् । यस संस्थाले यस अघिपनि विभिन्न सामाजिक अभियान्ता तथा १३ वटा सामाजिक संस्थालाई नगद रु २० लाख बराबरको सहयोग गरेको थियो ।

Related Articles

Back to top button