News

गौंरादह चामल काण्ड को चिरफार नगरी राजधानी नजाने ज्वालाको चेतावनी

झापा ।। सामाजिक अभियानता ज्वाला संगौला यति बेला झापामा छिन । उनी राहत वितरण देखि स्थानीय तह मा हुने भष्ट्राचार को बिषयमा चर्को आवाज उठाउदै आएकी छिन । गौरादह नगरपालिका भित्र केही दिन अघि राहतको चामल गाडेको बिषयमा स्थलगत रुपमा बिरोध गरेकि थिइन । यसै बिषयमा उनलाई पक्राउ गर्ने कुरा पनि बाहिर आएको थियो । तर उनले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएकी छिन । झापाको यो भष्ट्रचारको चिरफार नगरि राजधानी नजाने बताइन । अनुसन्धान मिडिया सँगको कुराकानीमा ज्वाला ले गरिव जनताको राहत कुहाएर गाडने सरकार को बिषयमा आफू जुन सुकै समय जनताको साथमा हुने बताइन् । यदि यसै बिषयमा आफुलाइ पक्राउ गर्छ भने आफू तयार रहेको उनको तर्क छ । घरमा प्रहरी पठाएको केरकार गर्नु भन्दा सिधै मलाई फोन गरे हुन्छ भन्दै आफू जुनसुकै समय उपस्थित हुन तयार रहेको उनले चेतावनी दिइन । यश बिषयमा उनले सामाजिक संजालमा समेत आफनो धारणा राखेकी छिन । यो सँगै अभियानता ज्ञानेन्द्र शाही को टिम माथि भएको आक्रमण को उनले चर्को बिरोध गरेकि छिन दोसीलाइ कडा कार्वाही को माग गरिन् । असहज परिस्थिति का बिच समेत उनले शुक्रबार दिन भर झापाको बेलडाँगीमा स्वास्थ्य सामाग्री वितरण गर्न व्यस्त रहिन्।  संग्रौलाले फेसबुक पोस्ट मार्फत आफु विरुद्द प्रहरी परिचालन गरिएको बताएकी थिइन्।   अभियन्ता संग्रौलाले गौरादह नगरपालिका परिसरमा गाडिएको ५ हजार किलो  चामलको  विषयको चर्को विरोध गर्दै आएकी छिन्।

संग्रौलाले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छिन् , ुगौरादहमा जनताको पसिनाबाट राहत स्वरुप आएको ५ हजार बोरा चामल कुहाएर जनप्रतिनिधिले खाल्डो खनेर गाडेको बिषयमा  मैले दरो  खरो आवाज उठाएपछि जबाफ दिनुको सट्टा मेरो घर खोज्न जिल्लाका प्रहरी खटाएछन् १ थुक्क लाचारहरु१जनताको अदालतमा उभिएर चामलको नालीबेली दिने दम छरु मलाई के गर्छौ ल गरेर देखाउ त। तिमीहरुका काला कर्तुतको बीच सडकमा भण्डाफोर नगरि राजधानी छिर्दै छिर्दिन १ न म तिमीहरुको सत्तासंग डराउॅछु , न त कुनै छोटे महाराजसंग नै ।।१ आफ्नो गल्ती ढाक्न रास्ट्रसेवकहरुलाई जसरी मन लाग्यो त्यसरी दुरुपयोग गर्ने तिमीहरु जस्ता गैरजिम्म्मेवार मान्छेको हिसाब अब मलाई चलाएपछि एक हुन्छ , दुई हुन्छ ।।१ु

संग्रौलाले शनिवार मध्यरातमा पुनस् फेसबुक स्टाटस लेख्दै भनेकी छिन् ,ुदिनभरि राहत कार्यक्रममा ब्यस्त थिएं१ यता घरमा भने जनताको लागि आएको राहतको चामल कुहाएर गाड्ने महाराजहरुले सिभिल प्रहरी पठाएछन् फेरि ।।१ हैन यिनीहरुले दादागिरी देखाएकै हो त सत्ता र शक्तिको आडमारु के हेर्दै छ गौरादह अभियन्ता संग्रौला कोभिड १९ को दोश्रो लहर चले संगै राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्न झापा भर सक्रिय छिन्।

Related Articles

Back to top button