News

अनियमिततालाई ढाकछोप गर्न खाेजेकाे मेचीनगरका प्रमुख राजनैतिक शक्तिहरुकाे ठहर 

खगेन्द्र घिमिरे
भ्mापा ।। मेचीनगर क्षेत्रमा बिगत केहि दिन अघि देखिको चर्चाको बिषय नदीजन्य पदार्थको बिक्रि बितरणमा भएको भष्ट्चारको बिषयमा मेचीनगरका राजनैतिक दलहरुले आपती जनाएका छन । अनियमित रुपमा यसरी दोहन गरेको बिषयमा मेचीनगरका प्रमुख दलहरुले बिज्ञप्ती जारी गर्दै भ्रष्टचार सन्दर्भमा बिभिन्न राजनैतिक दल संघ सस्थाहरुले गम्भीरता पूर्वक ध्यानकर्षण गराउँर्द दोसीलाई कारवाहीको माग सहित बिज्ञप्ती जनरी गरेको थियो ।
निषेधाज्ञाको समयमा सबै घर भित्र भएको समय मौका छोपेर चरम दोहन गरेर ठूलो धन राशी हिनामिना भएको ठहर भै सक्दा समेत दोसीलाई कारवाही गर्ने ठेकेदारलाई जरिमाना उपर असुल गराउने ,कालो सुचीमा राख्नुको सट्टा ठेकेदारलाई उन्मुक्ती दिने खेल भएको भन्दै आपती जनाएको छ । नेकपा एमाले मेचीनगर,नेपाली काग्रेस क्षेत्र न१ झापा,नेकपा –माओवाबादी केन्द्र मेचीनगर ,जसपा मेचीनगर,राप्रपा मेचीनगर द्धारा संयुत जारी बिज्ञप्तीमा सर्वपक्षीय अनुगमन गर्दाको बिबरण गलत साबित गर्दै सर्वपक्षीय अनुगमन गर्दाको बिबरणलाई गलत साबित गर्दै अनियमितता र भ्रष्टचारीलाई ढाकछोप गर्ने उदेशयका साथ तथ्याङ्क सावर्जनिक गरेर भ्रष्टचारीलाई उन्मुक्ती दिने खेल भएको बिज्ञप्तीमा उल्लेख छ । नियमतिताको बिषयमा नगर आफुले नसकेको भन्दै अख्तियार गुहार्न पुगेको तर कस्ले गरर्यो भनेर सावर्जनिक गर्न नसक्नु के ले रोकेको भन्दै प्रश्न गरे ।
भ्रष्टचार नियन्त्रण गर्नै सुशासन कायम गर्ने सन्दर्भमा नगरपालिका सफल भएकै हो त भनेर प्रश्न गरेका छन । यति होइन भने नगरपालिका भित्र राजनितिक पार्टीले रचनात्मक सहयोगात्मक भूमिका निर्वाह गर्दै उचित सुझाव र सल्लाह दिदा समेत दलकै सहमतिमा हामीले यो कार्य गरेको हो भनेर पत्रकार सम्मेलन मार्फत कपोकल्पीत अभिब्यतिm दिने कार्य प्रति गम्भीर ध्यानकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नदिजन्य सामाग्री उत्खखन् भएका गैरकानुनी उत्खखन,आर्थिक हिनामिना,करोड हिनामिना भएको सत्य तथ्य स्वेत पत्र मार्फत नगरपालिकालाइ अविलम्व जानकारी गराउन र दोषी जो भएपनि कार्वाहीको दायरामा ल्याउन माग गरेका छन । नत्र भने मेचीनगर क्षेत्रका राजनितिक दलहरुले आफै अग्रसरता देखाउँन बाध्य हुनु पर्ने स्थिती सिर्जना हुने चेतावनी दिएका छन । यसरी जारी बिज्ञप्ती मा नेकपा एमालेको तर्फबाट नगर अध्यक्ष राजु पोखरेल,नेपाली काग्रेस सभापति मणिकुमार उप्रेती,नेकपा –माओवादी केन्द्र पुष्प गुरागाई,जसपा अध्यक्ष ओमप्रसाद खापुङ,राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाइको हस्ताक्षर रहेको छ । उनीहरुले पत्रकार सम्मेल गरेर बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । पत्रकार सम्मेलन पश्चात् साे ज्ञापन पत्र मेचीनगर नगरपालिका प्रमख बिमल आचार्यलाइ बुझाइएकाे थियाे ।

Related Articles

Back to top button