News

प्रेस क्लबलाई इष्टहोराइजनको सहयोग

काँकरभिट्टा । इष्ट होराइजन अंग्रेजी मावि धुलावारीले प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको क्लबको अभियानमा सहजीकरण गर्ने उद्देश्यका साथ सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले बताए ।

बिहीबार क्लबको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यालयको तर्फबाट प्रिन्सिपल राईले  नगद २० हजार क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई हस्तान्तरण गरे ।

कोरोना कहरका कारण प्रभावित बनेका निजी विद्यालय र सञ्चार क्षेत्र दुबैको अवस्था उस्तै रहेका बेला फ्रन्टलाइनरको रुपमा कार्यरत पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस क्लबमार्फत सहयोगी बनेर सामाजिक कर्ममा जोडिएको एनप्याब्सन पूर्व जिल्ला अध्यक्षसमेत रहेका विद्यालयका संस्थापक राइले बताए ।

राईले क्लबका आगामी गतिविधिहरुमा समेत सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा क्लबका साधारण सदस्य तथा अग्रज पत्रकार जी एन शर्माले सञ्चार क्षेत्रसमेत एक किसिमको शिक्षाकै आधारको रुपमा रहेको भन्दै पत्रकारहरुलाई विद्यालय, विद्यार्थी एवम् अभिभावक समक्ष जोड्ने अवसरको सृजना गर्न सबैमा आग्रह गरे ।

सो अवसरमा क्लबका सचिव जीआर धिताल, सदस्यहरु विकास देवकोटा, युवराज आचार्य, दिलिप थापा, इष्ट होराइजनका शिक्षक नवीन दाहाललगायको उपस्थिति रहेको थियो ।

मेचीनगरमा अभिभावकको रोजाइमा पर्ने इष्टहोराइजन अंग्रेजी मावि झापाकै उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्ने गरेको छ ।

मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा अभिभावकीय भूमिका खेलिरहेको क्लबलाई कार्यालय व्यवस्थापन एवम् सूचना तथा सञ्चार मूलक गतिविधि सञ्चालन गर्नका लागि दाताहरुले आर्थिक सहयोग प्रदान गर्न सुरु गरेका छन् ।

Related Articles

Back to top button