News

संचारकर्मी निरौलाले किर्ते गर्ने को ? भनेपछि सुनसान भयो पत्रकार सम्मेलन

मेचीनगर ।। नगरपालिका भित्र चर्को चर्चाको बिषय पाएको नदिजन्य पदार्थ उत्खननको बिषयमा मेचीनगरले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

नगरपालिकाले हाल सम्म भएका बिषय र यस बिषय सँग सम्बन्धी पत्रकार सम्मेलन मेयर बिमल आचार्यले सुरु गरेका थिए । त्यस लगत्यै उप मेयर मिना उप्रेतीले यस सँग सम्बन्धीत कुराहरु नगरलाई जोगाउँदै आफ्नो केहीँ कम्जोरी भएको बताउँदै आफनो धारणा राखिन् ।

पत्रकार सम्मेलनकै क्रममा नगरको नदिजन्य पदार्थ उत्खनन र राजश्व हिनामिनाको बिषयमा थप अनुसन्धानका लागि अख्तियार अनुसन्धान आयोगको इटहरी शाखालाई पत्राचार गरी अनुरोध गरिएको समेत नगरप्रमुख आचार्यले जानकारी दिए ।

उप्रेतीले नदिजन्य पदार्थको उत्खननका क्रममा भएको कमी कमजोरीको आफुले नैतिक जिम्मेवारी लिने बताइन् । ‘अनुगमन समितिको संयोजकको हैसियतले नदिजन्य पदार्थको बिषयमा भएको कमजोरीको नैतिक जिम्मा लिन्छु ।’ उपप्रमुख उप्रेतीले भनिन्, ‘अब यस्तो गल्ती हुँदैन अनुगमन आफैं गर्छु ।’

यस लगात्यै संचारकर्मी ज्ञानेन्द्र निरौलाले पहिलो प्रश्न किर्ते रसिद बनाउने र बाढ्ने ब्यक्ति को हुन किन सार्वजनीक हुन सकेन भनेर प्रश्न गरे । यति मात्रै होइन उन नगरले दिनु भन्दा अगाडी कसरी रसिद छापिएर वडा वडामा पुग्यो भनेर जवाफ खोजे ।

यो प्रश्न गर्न साथ केही बेर पत्रकार सम्मेलन सुनसान बन्यो ।केही समय पछि मेयर आचार्यले बालुवा गिटी मुद्दा किर्ते रसिद बनाउने पत्ता लगाउन अख्तियार बोलाइएको हो भन्दै प्रतिकृया दिए ।

मेचीनगर नगर प्रमुख विमल आचार्यले मेचीनगरमा पछिल्लो समय बाहिरिएको नदी जन्य सामग्री उत्खननमा भएको अनियमितताको बिषयको सत्यतथ्यको गहिराइसम्म पुग्नकै लागि अख्तियार बोलाइएको बताएका छन् ।

Related Articles

Back to top button