Local neews

योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले दियो स्वास्थ्य सामग्री तथा पौष्टिक आहार

विजय उप्रेती

योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले भद्रपुर, हल्दिबारी लगायतका स्थानमा रहेको कोभिड अस्पतालमा रहेका बिरामीहरुलाई आज स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।

मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ६५ जना, भद्रपुर कलवगुढीको आइसोलेसनमा रहेका ५ र हल्दिबारी वडा नं. २ को आइसोलेसनमा रहेका ९ जना गरि जम्मा ७९ जनालाई उक्त सामग्री वितरण गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रैलाले जानकारी दिनुभयो। आफ्नो नगरपालिकामा आई विरामी रहेका नगरबासीहरुलाई सहयोग गरेकोमा भद्रपुर नगरपालिकाका अध्यक्ष जीवन कुमार श्रेष्ठले पनि संस्था प्रति आभार प्रकट गर्नुभयेको छ।

योगदान राष्ट्रियको लागि केन्द्रीय समिति, विश्व भुटानी हिन्दु सङ्गठन अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दीपक खनाल अस्ट्रेलिया, सदिक्षा साही अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा हङकङ, निरमणि खनालबाट सङ्कलन गरिएको रकमबाट सङ्क्रमितको लागि सहयोग जुटाएको योगदान राष्ट्रियको लागि जिल्ला समितिका  सचिव सजु बुढाथोकीले जानकारी दिनुभयेको छ ।

स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण कार्यक्रममा उपस्थित भएका जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले संस्थाको खुलेर प्रसंसा गर्नुभयेको छ ।

यस अघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको यस संस्थाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उहाले जानकारी दिनुभयेको छ ।

विगतका दिनहरुमा बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकामा पनि यस्तै प्रकारको राहत प्याकेज वितरण गरेको यस संस्थाले आगामी दिनमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा यस्तो सहयोग गर्ने संस्थाका प्रदेश संयोजक चेतना निरौलाले प्रतिबद्धता व्यक्त गर्नुभयेको छ ।

उक्त कार्यक्रम सह सचीव डिल्लीराम पोख्रेल लगायत अन्य धेरै सदस्यहरु को उपस्तिथिमा सम्पन्न भयेको थियो।

प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नारा लिएर अघि बढेको यस संस्थाले ७७ वटै जिल्लामा सामाजिक कार्यहरु गरिरहेको बताइएको छ ।

Back to top button