News

जंगली हात्तीको आक्रमणबाट मागुरमाडीमा एकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्य। मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मेचीनगर ९ तल्लो मागुरमाडीका ४५ बर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गएराति १२ः३० बजे गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो । घाइते राइलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान २ः३० बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button