HealthNews

बैवाहिक वर्षगाँठमा चिमरिया दम्पत्तीले गरे विपन्न परिवारलाई सहयोग

काँकरभिट्टा । बैवाहिक वर्षगाँठको सन्दर्भ पारेर सोमबार डेरी उद्योगी एवं समाजसेवी राजन चिमरियाले आर्थिक रुपमा विपन्न परिवारका लागि स्वास्थ्य बीमा बापतको रकम हस्तान्तरण गरेका छन् ।
१८ औँ बैवाहिक वर्षगाँठको अवसरमा विद्यमान परिस्थितिलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर मेचीनगर नगरपालिका कार्यालय परिसरमा कार्यक्रम गर्दै उनले नगरका १५ विपन्न परिवारलाई सो बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।
सामाजिक कार्यमा सक्रिय चिमरियाले सो बीमा बराबरको ५२ हजार ५ सय रुपैयाँ नगर प्रमुख विमल आचार्यमार्फत नगर स्वास्थ्य शाखा प्रमुख राम नारायण यादवलाई हस्तान्तरण गरेका छन् ।
रितिका डेरी उद्योगका सञ्चालक चिमरियाले बैवाहिक वर्षगाँठमा बैशाख २७ गते नगरका १५ विपन्न परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका थिए ।
उनले स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारका लागि गच्छे अनुसारको सहयोग गरिएको बताए । रकम अभावका कारण धेरैले स्वास्थ्य सेवा लिन नसकेको भन्दै उनले विपन्न परिवारको उपचारमा सहयोग गर्न यो अभियान सुरु गरिएको बताए ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी चिमरियाकी श्रीमती गौरा मैनाली, नगर उपप्रमुख मीना उप्रेती, वडा अध्यक्षहरु नगेन्द्र धिमाल, नविन बराललगायतको उपस्थिति थियो ।

Related Articles

Back to top button