News

झापामा काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द

झापामा काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुन

झापा । कोरोना संक्रमण बढेपछि सरकारले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निणर्य गरेको छ । मन्त्री परिषदको निणर्यमा झापाका तीन शहर परेका छन् ।

सरकारको निणर्यसँगै झापाका शहरी क्षेत्रहरूमा काँकरभिट्टा, बिर्तामोड र दमक रहेका छन् ।

त्यस्तै अन्य शहरहरुमा विराटनगर, इटहरी, धरान, जनकपुर, राजविराज, वीरगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौँडा, पोखरा, बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी र भीमदत्तनगरका विद्यालय पूणर्रुपमा बन्द हुनेछन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बालबालिकामा फैलिन सक्ने भन्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निणर्य गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकले विद्यालयमा जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने भएकाले पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निणर्य गरेको उनले बताए । उनका अनुसार विद्यालयले वैशाख मसान्तसम्म भर्चुअल रूपमै पढाइ सञ्चालन गर्नुपर्नेछ ।

यस्तै, शहरी क्षेत्रबाहेक जिल्ला सदरमुकामका विद्यालयमा पनि शैक्षिक गतिविधि वैशाख मसान्तसम्म भर्चुअल रूपमा सञ्चालन गर्नुपर्नेछ ।
उनका शहरी क्षेत्रबाहेक ठाउँका विद्यालय भने जिल्लास्थित डीसीसीएमसीको सिफारिसमा बन्द गरिनेछ ।

Related Articles

Back to top button