News

ईटाभट्टामा ट्रकले ठक्कर दिँदा साइकल यात्री मेचे घाइते

twitter sharing button
whatsapp sharing button
messenger sharing button
print sharing button

मेचीनगर, ६ वैशाख । मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग छेउमा अहिले भर्खरै भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवक गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै गरेका मेचीनगर–७ इच्छा टोलका ३२ वर्षीय साइकल यात्री मनोज मेचेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन ।

घाइते मेचेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल पठाइएको छ ।

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख सई कृष्णबहादुर प्रधानले साइकल यात्री मेचेको बायाँ हात र कम्मरमा चोट लागेको बताए । ट्रक इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छ भने चालक फरार रहेको उनले जानकारी दिए ।

Related Articles

Back to top button