News

भद्रपुरका एक महिलासहित झापामा थपिए पाँच जना कोरोना संक्रमित

झापा । झापामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका तीन महिला र एक पुरुषसहित पाँच जनामा संक्रमण पुष्ट भएको हो । दमकका संक्रमितहरु वडा नं ८ र ५ का रहेका छन् । त्यस्तै भद्रपुर वडा नं ५ की एक महिलालाई पनि संक्रमण पुष्टि भएको छ । आइतबार पाँच जना थपिएसँगै जिल्लामा जम्मा सङ्क्रमितको सङ्ख्या ४६ सय ४९ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ४४ सय ९९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Related Articles

Back to top button