News

२५ ग्राम खैरो हिरोइन सहित झापामा एक पक्राउ

झापा ।। झापामा खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन । जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं २सुकुनाडिगी स्थितमा लागूऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले
बर्ष २८ को संजय लामाको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र लागूऔषध नापतौल गर्न
प्रयोग गरिने डिजिटल तराजु थान १ सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
लामालाई तत्कालै नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ

Related Articles

Back to top button