News

मेचीनगर ढुंगा–गिटी काण्ड : भष्ट्रचार भएकै हो’ वडाध्यक्ष सिग्देल !

झापा ।। मेचीनगर नगरपालिका वडा न १३ वडाध्यक्ष कृष्ण सिग्देलले केहि महिना अघि सामाजिक सञ्जाल फेसबुकमा मेचीनगरको नदीजन्य पर्दाथ उत्खनन्मा व्यापक अनियमितता भएको आशयको स्टाटस लेखेका थिए । ट्याक्टरको नम्बरसहित १५ सयको नक्कली रसिद काटिएको भेटिएको समेत लेखेका छन् । त्यस बिषयले नगरभित्र जनप्रतिनिधी बिच ठ्रूलै संकट ल्याएको थियो ।
त्यस लगात्यै नगरपालिकाले नगरभित्र संकलन भएका नदीजन्य पदार्थ उत्खनन मा देखिएको समस्या लाई जनप्रतिनिधीलाई पत्रै काट्नुले अर्को शंका उत्पन्न भएको छ ।
यस बिषयमा सुरु बाटै आवाज उठाउने वडाध्यक्ष सिग्देलले अनुसन्धान मिडिया सँगको कुराकानीमा भष्ट्रचार र अनमितता भएकै हो भनेका छन । उनले,अनुगमन समितिको प्रमुख नै छानबिन समितिमा बस्नु उचित नभएको बताए । आफै खोला ठिक्का नलागाउने आफै नक्कली रसिद छपाउन लगाउने ,आफै अनियमितता गर्ने,नक्कली रसिद छापेर ६ महिना सम्म खोला दोहोन गरेको आरोप लगाएका छन ।
अहिले ठेक्का लगाएर मालामाल भएको भन्दै गाउँ गाउँमा सिहदरवार हैन माल दरवार आएको भन्दै नगरको काम प्रति चर्को आलोचना गरे ।
नगरपालिकाको लेखा समिति संयोजक समेत रहेका वडाध्यक्ष सिग्देललाई यस विषयमा कुनै जानकारी नभएको बताए । कार्यविधि नबनिएकोले लेखा समिति निकम्मा रहेको उनको भनाइ छ । उनले जनप्रतिनिधिलाई रसिदको ठेली दिईएकोमा आपत्ति जनाएका छन् । ‘जनपतिनिधिलाई रसिदको ठेली दिनु गलत हो’, वडाध्यक्ष सिग्देलले भने–‘कार्यपालिकाबाट रसिदको ठेली जनप्रतिनिधिलाई दिने निर्णय भएको छैन, कसले दियो थाहा छैन । नक्कली रसिदबाट नदीजन्य पर्दाथ उत्खनन् सम्बन्धी राजश्व संकलन गरिएको छ । यसको गहिरो ढंगले छानबिन हुर्नुपर्छ ।’

 

Related Articles

Back to top button