News

लिम्बूवानको समन्वयमा मिल्यो क्वारेन्टाइनको विवाद

 

झापा ।। केही समय अघि संचारमाध्यममा बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रकम हिनामिना गरेको सूचना प्रकाशन भएको थियो । लिम्बुवान पार्टिका तर्फबाट क्वारेन्टाइन समितिमा प्रतिनिधित्व गरेका नगेन राईले विभिन्न व्यवसायीहरुको तिनुपर्ने रकम नतिरेको विषयमा व्यवसायीहरुको गुनासो सहित संचारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए ।
समाचार सम्प्रषण भएको केही दिनमा लिम्बुवान पार्टिले बुद्धशान्ति पार्टि अध्यक्ष पूर्णप्रसाद तबेबुङको नेतृत्वमा ५ सदस्यिय छानबिन समित गठिन गरि केही दिन भित्र समस्याको निकास दिने बताएको थियो र आज उनै नगेन राई सहित पार्टिका नेता कार्यकर्ताको उपस्थितिमा राईले गाउँपालिकामा सबै व्यवसायीहरुलाई बोलाई तिर्नुपर्ने रकम तिरेका छन् ।

क्वारेन्टाइन समितिमा काम गर्दा गर्दै बुबा बिरामी भएको कारण आफूँ काठमाण्डौ जानु परेको र बिरामी भएको केही समयमानै बुबा बित्नु भएकोले व्यवसायीहरुको रकम तिर्न केही ढिलो भएको भन्दै आफूँसँग समन्वय नगरि समाचार प्रकाशन गरेकोमा राईले गुनासो समेत गरे ।
व्यवसायीहरुको रकम नतिर्ने नियत नभएको भन्दै आगमी दिनमा बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि आफूँ हरदम तयार रहेकोमा समेत उनले प्रतिबद्धता व्यक्त गरे । यता लिम्बुवान भोलेन्टीयर इन्चार्ज पूर्ण सुहाङले पनि अबका दिनमा समाजका लागि लिम्बुवान पार्टि उदाहरणिय भएर प्रस्तुत हुने बताएका छन् । समाजलाई विकासको गतिमा अघि बढाउन समन्वयकारी भूमिका खेल्ने बताउँदै यस प्रति सम्पूर्ण नेता, कार्यकताहरुलाई उत्तरदायी हुन सुहाङले अनुरोध समेत गरे ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले क्वारेन्टाइन समितिले आर्थिक हिनामिना गरेको समाचार प्रकाशन हुनु अत्यन्तै नराम्रो भएको तर हाल आएर पार्टिको समन्वयमा विवाद मिलेको भन्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Back to top button