News

बालुवाटारमा आगलागी ४ चौपाया जले

 बालुवाटारमा आगलागी ४ चौपाया जले !

 

कुमरखोद , चैत २१ । आज साँझ झापा गाउँपालिका २ बालुवाटारमा आगलागी हुँदा ४ वटा चौपाया जलेर मरेको छ ।साँझ पौने ७ बजे स्थानीय दिलबहादुर लिम्बुको घरमा आगलागी हुँदा उनको एउटा गाई , एउटा बाछी र दुईवटा सुँगुर जलेर मरेको हो ।

संगै जोडिएर रहेको भान्साबाट सल्किएको आगोले लिम्बुको ग्वाली घर जलेर नष्ट भएको हो ।माथि टिन र काठको बेरा भएको घर र घरभित्रका चौपाया र अन्य सरसामान जल्दा ४ लाख बराबरको क्षति भएको जनाइएको छ ।

स्थानीय , जनपद प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

Related Articles

Back to top button