International

सिम्पल सिम्पलको साङ्गीतिक जोडि रिभेन्जमा दोहोरिदै

 डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र रिभेन्ज मार्फत चर्चित गायक दिपक लिम्बू र शंकर अधिकारी घायलको साङ्गीतिक जोडी फेरी एक पटक दोहोरीने भएको छ ।

गायनमा दिपक लिम्बूलाई गायिका नित्याशिवाले साथ दिएकी छिन् । बिशाल अग्रवाल र प्रीतिका शर्मालाई गीतलाई उक्त गितमा फिल्मान्कन गरिएको निर्देशक घायलले जानकारी दिनुभयो ।

गितको नृत्य निर्देशक राजन महर्जन रहेकाछ्न् । कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द, बिस्वास भण्डारीको सम्पादनमा रबिन श्री, रोशन बिसि, रेनु थापा, पदम सुनार, पुस्पराज नेपाल र खरो खगेन्दको चलचित्रमा अभिनय रहेको छ ।

Related Articles

Back to top button