२०८० जेष्ठ २२ सोमबार

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न आदेश दिएको हो ।

बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई चार दिन हिरासतमा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष रामचन्द्र पौडेल आरसी विमलले सेभेन स्टार फोके टेलिभिजनलाई जनाकारी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन्

२०८० बैशाख २७, बुधबार प्रकाशित 0 Minutes 67 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।