
मेचीनगर, वैशाख १४ । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले स्थानीय ज्ञानबहादुरलाई नियन्त्रणमा लिएको हो ।
उनले पूर्जा दिलाइदिन्छु भन्दै यहाँ कयौँ परिवारसगँ न्युनतम १५ देखी ७५ हजारसम्म रकम लिएको पीडितहरु बताउँछन् ।
स्थानीयवासीले लाखौं रकम असुल गरेर पनि अहिलेसम्म पूर्जा उपलव्ध नगराएको भन्दै गत चैत १७ मा वडा कार्यालयमा किटानी जाहेरी समेत दिएका थिए । तर अहिलेसम्म पनि उनिहरुको समस्या कतैबाट समाधानका लागी पहल भएको थिएन । बरु स्थानीय स्तरमै मिलाउने प्रयास भएको भन्दै पीडितहरु असन्तुष्ट थिए ।
अहिले आएर भने प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो । काँकरभिट्टाका गिरीलाई पक्राउ गरि अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।