२०८० जेष्ठ २२ सोमबार

बारा-२ मा उपेन्द्र यादवको अग्रता, रास्वपाका रमेश खरेल धेरै पछाडि

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ६ सय मतको मतान्तर बनाएका छन्।

यादवले २ हजार ६०० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन्।

बारा-२ मा सुरूआतीदेखि नै जसपाका यादव र जनमतका कुशवाहाबीच कडा टक्कर देखिएको छ।

पछिल्लोपटक भने यादवले अग्रता कायम राखेका छन्।

२०८० बैशाख ११, सोमबार प्रकाशित 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।