२०८० जेष्ठ २२ सोमबार

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता

तनहुँ । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।

सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ ।

बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०८० बैशाख ११, सोमबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।