२०८० जेष्ठ २२ सोमबार

एमालेमा व्यक्तिवादी चरित्र हाबी भएको भन्दै वडा इन्चार्ज सहित ६ जनाले पार्टी परित्याग

मेचीनगर, वैशाख १० । नेकपा एमाले मेचीनगर ४ का वडा कमिटि इन्चार्जसहित छ जनाले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै पार्टीभित्र सामुहिक भन्दापनि बढी व्यक्तिवादी चरित्र हाबी भएको भन्दै आजकै मितिबाट एमालेमा नरहेको घोषणा गर्नुभएको हो ।

यसरी पार्टी परित्याग गर्नेमा नेकपा एमाले वडा कमिटी इन्चार्ज प्रविण भण्डारी, वडा सहइन्चार्ज प्रणा कार्की, वडा कमिटी सहसचिव प्रकाश पाण्डे, वडा सचिवालय सदस्य टिकाराम सापकोटा (रामु),  संगठित सदस्य किरण प्रधान र सुस्मिता खतिवडा रहनु भएको छ । वहाँहरुले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गर्नु भएको छ ।

‘इमान्दार कार्यकर्तालाई पाखा लगाएर स्वार्थ समुहको प्रवद्र्धनमा नेतृत्व लागेका कारण यही पार्टीमा रहेर काम गरिरहन समस्या देखा परेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।