
झापा, वैशाख ७ । निजि विद्यालयहरुको छाता संगठन प्याबसन अर्जुनधाराले दादागिरी शैलीमा कक्षा ५ मा एकै प्रकारका पाठ्यपुस्तक प्रयोग गर्न भन्दै निर्देशन दिएको छ ।
कक्षा ५ को पाठ्यपुस्तकमा एकरुपता ल्याउने भन्दै प्याब्सनले विज्ञप्ती जारी गर्दै विभिन्न पब्लिकेशनको नाम सार्वजनिक गरेर सोही पब्लिकेशनका पाठ्यपुस्तक प्रयोग गर्न भनेको हो । यदि प्याब्सनले तोकेको पाठ्यपुस्तक प्रयोग नगरेको पाइए कारवाही गरिने पनि विज्ञप्तीमा लेखिएको छ ।
जसअनुसार कानुन विपरित छाता संस्थाको नाममा कक्षाको पाठ्पुस्तक लाद्न खोजिएको देखिन्छ । ‘अनुगमनका क्रममा उक्त पाठ्यपुस्तक प्रयोग नगरेको पाइए संगठन्को नियमानुसार प्रतिविषय १० हजार ५ सय का दरले जरिवाना गरिनेछ ।’ प्याब्सन अध्यक्ष रुद्रप्रसाद शिटौला र सचिव राजेशकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।