२०८० जेष्ठ २२ सोमबार

सुपारीको पात बोकेको भ्यानमा सालको काठ

मेचीनगर । मेचीनगरमा प्रहरीले चिरानी गरिएको सालको काठसहित  पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नगरपालिकाको ८ नम्बर वडास्थित दुर्गा मन्दिर टोलमा अन्दाजी ४० क्यु. फिट चिरानी काठ सहित मे १ ज ११८० नम्बरको भ्यानलाई नियन्त्रणमा लिएको हो ।

सुपारीको पात बकेर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उक्त भ्यानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरीले शङ्काको आधारमा चेक जाँच गर्दा सो परिमाणको काठ बरामद गरेपछि काठ र भ्यानलाई नियन्त्रणमा लिएको  कार्यालयले जनाएको छ ।

चेकजाँचका लागि प्रहरीले भ्यान रोकेसँगै भ्यान चालक भने फरार भएको कार्यालयले जनाएको छ ।

२०८० बैशाख ६, बुधबार प्रकाशित 0 Minutes 27 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।