२०८० जेष्ठ २२ सोमबार

अबैद्य आयात भएको कुखुरा नियन्त्रण गरी नष्ट ,मोटरसाइकल भन्सार बुझाइयो

मेचीनगर, चैत १६ । खुला सिमानाको गलत फाइदा उठाउँदै अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको  कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।

काँकरभिट्टाबाट खटिएको टोलीले २५ केजी ८ वटा जिउदो कुखुरा १० हजार मुल्य बराबरको र मे २ प ९९२८ नम्वरको होण्डा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

उक्त कुखुरा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिनुभएको छ । नियन्त्रणका लिएको मोटरसाइकल मेची भन्सार बुझाइएको छ ।

२०८० बैशाख १, शुक्रबार प्रकाशित 0 Minutes 53 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।