२०८० जेष्ठ २२ सोमबार

लेडी जेसीजको स्वास्थ्य शिविरमा सयौंको स्वास्थ्य जाँच , महिलामा आङखस्ने समस्या


मेचीनगर । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

मेचीनगर लेडी जेसीजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शनिबार दुई सय एकानब्बे जनाले लाभ लिएका हुन ।

मेचिनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, क्यान्सर स्कृनिङ र पाठेघरका विरामीहरुले सेवा लिएका थिए ।

शिविरमा जाँच गराएका २९१ जना मध्ये ४९ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा समस्या देखिएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने जनाएको छ ।

त्यस्तै शिविरमा ८० जना भन्दा बढीले क्यान्सर स्कृनिङ र पाठेघरको जाँच गराएका थिए । त्यसमध्ये ७० जनामा पाठेघरको मुखमा घाउ भएको, आङखस्ने जस्ता समस्या देखा परेको थियो । उनीहरुलाई बरिस्ठ स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवालले सेवा प्रदान गरेकी थिइन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओली रहेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजवंशी, स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिम संयोजक शर्मिला तिम्सिनाले आस्था वाचन गरेको कार्यक्रमको स्वागत शान्ति पराजुली र सञ्चालन माहासचिव सविता पोखरेलले गरिन् ।

२०७९ चैत्र २६, आईतवार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।