
धुलाबारी, २३ चैत । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’ मा ज्योति मगरको प्रस्तुतिले तातेको छ ।
१५औँ दिन बुधबा दर्शकको घुइँचो का बिच उनले प्रस्तुती राखिन् । ज्योतिको प्रस्तुति हेर्न दर्शकका ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाचेका थिए
उनले कान्छी मुसुक्क, नाकको फुली टिलिक्क टल्केको जस्ता आधा दर्जन गीत प्रस्तुत गरिन् । राष्ट्रिय गायक–गायिकाको प्रस्तुति मात्र होइन, महोत्सवमा स्थानीय तथा प्रदेशस्तरीय कलाकारहरुको पनि वेजोड प्रस्तुतिले दर्शकलाई झुमाउन सफल रहेको छ । त्यसैले अहिलेसम्म ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिसके महोत्सव मुल आयोजक समितिका संयोजक रविन वस्नेतको बताए ।
(विहीबार) चर्चित गायक जीवकको प्रस्तुति दिदै छन। यही चैत ६ गतेदेखि मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको कोलनीमा मेची चेम्बर अफ कमर्सले सञ्चालन गरिरहेको महोत्सवमा व्यापार, कृषि, धुलाबारी बजारको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले महोत्सव आयोजन गरिएको संयोजक वस्नेतले बताए ।
महोत्सवको आयोजकको रुपमा मेची चेम्बर अफ कमर्स र सहआयोजक धुलाबारी रोलिङ क्लब रहेको छ ।