
झापा, चैत २२ । धुलाबारी खानेपानी उपभोक्ता समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत १८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका कार्यसमितिलाई एक कार्यक्रमका बिच पद हस्तान्तरण गरेको हो ।
खानेपानीका अध्यक्ष अजय घिमिरेले नवनिर्वाचित अध्यक्ष धनकाजी खत्रीलाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको थियो । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा बोल्दै सांसद शर्माले धुलाबारी खानेपानी सबैको साझा सम्पति भएको बताउँनुभयो ।
पाच वर्ष भित्र क्षेत्र न १ रहेक घरमा शुद्ध खानेपानी पुराउने उदेश्यमा यस क्षेत्रमा खानेपानी संस्था,स्थानीय सरकार,सांसद सबैले लाग्नु पर्ने बताउँनु भयो । कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङले खानेपानीलाई भौतिक विकाससंगसंगै शुद्धता कायम राख्न जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा पूर्व अध्यक्ष इन्द्र बुढाथोकी,मेचीनगर नगरपालिका पूर्व मेयर बिमल आचार्य,रेडक्रस झापा सभापति लोकराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष अजय घिमिरेको सभापतित्मा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चेतन बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाका निवर्तमान सचिव कञ्चन तामाङ र नवनिर्वाचित सचिव उमेश सुवेदीले आलोपालो गरेर कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
पद हस्तान्तरण कार्यक्रम लगत्तै खानेपानीको कार्यालयमा पुगेर नवनिर्वाचित अध्यक्ष खत्री सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले पदभार समेत ग्रहण गर्नु भएको छ ।