२०८० जेष्ठ २२ सोमबार

निषेधित क्षेत्रमा ट्याक्टर कुदाउदा भत्कीएको संरचनाको मर्मत घिमिरेले गर्ने सहमती

सूर्योदय नगरपालिका ४ मा अवस्थित अन्तु पोखरीकोे निशेधित क्षेत्रमा ट्याक्टर चलाउदा भएको क्षती होमस्टे ब्यवसायी एकराज घिमिरेले मर्मत गर्ने लगायतका सहमती भएको छ ।
केहि दिन अघि निषेधित क्षेत्रमा होमस्टे ब्यवसायी घिमिरेले ट्याक्टर कुदाए पछि स्थानीय नागरिक, पर्यटन व्यवसायीले लिखित हस्ताक्षर सहित वडा कार्यालय उजुरी गरेका थिए । सोही उजुरी पछि वडा कार्यालयमा भएको छलफलमा ट्याक्टर चलाउदा भत्कीएको संरचना ब्यवसायी एकराज घिमिरेले आफनै लागनीमा मर्मत गर्ने , उक्त क्षेत्रमा सवारी चलाउन पूर्ण निषेध गर्ने , उक्त क्षेत्रमा बैकल्पिक बाटो बनाउन वडाले पहल गर्ने, पक्राउ गरीएको ट्याक्टर र चावी ट्याक्टर धनी भिम बहादुर कामी हस्तान्तरण गर्ने सहमती पत्रमा हस्ताक्षर गरिए पछि बिवाद समाधान भएको छ । वडा नं. ४ का वडाध्यक्ष सरण राईको उपस्थितिमा छलफल भएको थियो ।
अन्तु घुम्न आउँने पर्यटकले सम्मले आफ्नो सवारी साधन नकुदाउने ठाउँमा स्थानीय तथा पर्यटन व्यवसायी घिमिरेले ट्याक्टर नहाल्न र नकुदाउन गरेको अनुरोधलाई लत्याउँदै ट्याक्टर चलाए पछि सामाजीक रुपमा चर्को बिरोध भएको थियो । घिमिरेले गल्ती स्वीकार गरेपछि सहमती भएको अन्तुका पर्यटन ब्यवसायीले बताएका छन ।
होमस्टे फेडेरेसनका केन्द्रीय उपाध्यक्ष रहेका घिमिरेलेकेहि दिन अघि राती उक्त सडकमा ट्याक्टर लगेका थिए ।

२०७९ चैत्र १९, आईतवार प्रकाशित 0 Minutes 42 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।