
धुलाबारी ।। झापाको धुलाबारी मोडमा आइतबार साझ निक्कै चहलपहल थियो । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज महोत्सवमा धोकेबाज हेर्न जाने । पछिल्लो समय धोकेबाज नामक गित बाट चर्चा कमाएकी गायीका एलिना चौहानको प्रस्तुती थियो धुलाकारीमा आयोजित प्रथम मेची महोत्सवमा ।
प्रथम मेची महोत्सवमा गायिका चौहान स्टेज चढ्न साथ हुटिङ सुरु भएको थियो । झापाली एलिनाको प्रस्तुती सुरु भएको केही समय पछि सधै सुनसान रहेको महोत्सव निक्कै भरिभराउ देखिन्थ्यो । उनले ‘धोकेबाज’ लगायत अन्य गित पाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । दर्शकको माग अनुसार उनले ‘धोकेबाज’ गित २ पटक गाएकी थिइन् ।
यस अघि पनि अर्की झापाली चेली चर्चीत गायीका रचना रिमालले पनि उत्सहा थपेकी थिइन् । २७ गतेसम्म सञ्चालन हुने महोत्सवको आजको प्रस्तुतीको रुपमा नेपालकै चर्चीत गायक प्रमोद खरेलको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
उद्योगी व्यवसायी कै क्षेत्रमा काम गर्ने संस्थाले महोत्सव आयोजना गरेकाले यस क्षेत्रको हितका लागि महोत्सव सहयोगी बन्नेछ बताइएको छ । महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्री राखिएको छ ।